Sep 08 2024 | २०८१, भदौ २३ गते

सुरू भयो डिजिटल नेपाल कन्क्लेभ २०२४, डिजिटल रूपान्तरण बारे वृहत छलफल हुँदै

सुरू भयो डिजिटल नेपाल कन्क्लेभ २०२४, डिजिटल रूपान्तरण बारे वृहत छलफल हुँदै

एभरेष्ट हेडलाइन्स
शुक्रबार, जेठ २५ २०८१
एभरेष्ट हेडलाइन्स
शुक्रबार, जेठ २५ २०८१
  • सुरू भयो डिजिटल नेपाल कन्क्लेभ २०२४, डिजिटल रूपान्तरण बारे वृहत छलफल हुँदै

    काठमाडौँ । आईसीटी फाउन्डेसन नेपालले आयोजना गरेको डिजिटल नेपाल कन्क्लेभ २०२४ सुरू भएको छ । 
    प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रडण्ड’को प्रमुख आतिथ्यतामा सुरू भएको कन्क्लेभमा विशिष्ट अतिथिको रूपमा सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माको उपस्थिति रहेको छ ।

    images
    images

    कार्यक्रमका प्रमुख अतिथि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले डिजिटल प्रविधिबाट पानसमा बत्ति बाल्दै कन्क्लेभको उद्घाटन गरेका थिए । कार्यक्रममा स्वागत मन्तव्य दिदै आईसीटी फाउन्डेसनका अध्यक्ष राजन लम्सालले नेपाललाई ग्लोबल टेक हबको रूपमा विकास गर्न कार्यान्वयन पक्ष बलियो हुनुपर्ने बताएका छन् ।

    ‘राज्यले सूचना तथा सञ्चार प्रविधिलाई विशेष प्राथमिकतामा राखेको छ तर कार्यान्वयन कमजोर हुँदा उल्लेख्य प्रगति हुन सकेको छैन्,’ उनले अगाडि भने । यस्तै कार्यक्रममा आफ्नो मन्तव्य राख्दै प्रधानमन्त्रीले सामाजिक न्याय, सुशासन र आर्थिक सम्वृद्धि हासिल गर्ने मुख्य क्षेत्रको रूपमा सूचना प्रविधिलाई पहिचान गरेको बताए । 
    ‘सूचना प्रविधिलाई अर्थतन्त्रको संवाहकको रूपमा अगाडि बढाउने गरी काम गरिरहेको छौं,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘सूचना प्रविधिको अधिकत्तम उपयोग गर्दै देशलाई सम्वृद्धिको बाटोमा लैजानु पर्छ ।’ 

    पछिल्लो समय नेपालमा केही हुँदैन् भन्ने भाष्य स्थापित गर्ने कोसिस भएपनि छोटो समयमा सूचना प्रविधि क्षेत्रमा भएको प्रगतिले आशा जगाएको समेत जानकारी दिए । सूचना प्रविधिले नयाँ सम्भावनाको ढोका खोलेको भन्दै यस अवसरको अधिकत्तम उपयोग गर्नुपर्ने उनको जोड छ । यसैगरी कन्क्लेभको पावर संवादमा बोल्दै सञ्चारमन्त्री शर्माले सूचना तथा सञ्चार प्रविधिको विकासका लागि थिंक ट्यांक जरूरी रहेको बताइन् ।  

    ‘सूचना प्रविधिमा सम्भावना बोकेको क्षेत्र हो । पछिल्लो समय सूचना प्रविधिलाई सरकारले प्राथमिकतामा राखेको छ,’ उनले भनिन, ‘यस क्षेत्रको विकासका लागि सरकार प्रतिबद्ध छ । नीतिगत सहजीकरण गर्दै निजी क्षेत्रलाई साथमा लिएर अगाडि बढ्छौं ।’ 

    साथै कार्यक्रममा ड्राइभिङ डिजिटलाइजेसन एण्ड डेभलपमेन्ट विषयमा किनोट प्रस्तुति दिदै लिपफ्रग टेक्नोलोजी इंकका अध्यक्ष हिमाल कर्माचार्यले १० वर्षमा ३० खर्बको आईटी सेवा निर्यात गर्न ५ लाख जनशक्ति आवश्यक पर्ने बताएका थिए । नेपाली आईटी कम्पनीहरू विश्वस्तरीय सेवा दिन सक्षम रहेको बताउँदै कर्माचार्यले स्थानीय कम्पनीलाई प्राथमिकता दिनुपर्ने, सानै स्तरबाट भएपनि सुरू गर्नुपर्ने र मोबाइल केन्द्रित सेवामा जोड दिनुपर्ने सुझाव दिएका थिए । 

    दिनभर नै हार्मोनाइजिङ डिजिटलाइजेसन एण्ड डेभलपमेन्ट थिममा केन्द्रित हुने कन्क्लेभमा डिजिटल सार्वजनिक पूर्वाधार, दिगो दूरसञ्चार र नीति, डिजिटल इम्पावरमेन्ट एण्ड इन्क्लुजन डिजिटल गभर्नेसन्स र डेटा फर डेमलपमेन्ट, डिजिटल इकोनोमी र इन्भेष्टमेन्ट, डिजिटल लिडरसीप र डिजिटल रुपान्तरणमा अबको दिशा लगायतका विषयहरुमा सेसन र प्रस्तुतिहरू रहेका छन । कन्क्लेभमा  डिजिटल नेपालको लागि नविनत प्रविधिहरु तथा इनिसिएटिभ्सहरुलाई प्रस्तुती र प्रोजेक्ट शोकेसको पनि अवसर प्रदान गरिएको छ । 

    वर्षको ठुलो प्रविधि सम्मेलनको रुपमा आयोजना भइरहेको कन्क्लेभमा संघीय, प्रदेश र स्थानिय सरकारका प्रतिनिधिहरु, सरोकारवाला, विज्ञ, उद्यमी, स्टार्टअपहरूसहित ५०० बढीको सहभागिता रहेको छ । 

    कार्यक्रमको इन एसोसिएसन विथ एनसेल, पावर्ड वाईमा द एसिया फाउण्डेसनसँगै सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, सूचना प्रविधि विभाग, विद्युतीय सुशासन आयोग, नेपाल दूरसञ्चार प्राधिकरण, नेपाल राष्ट्र बैंक, नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नास आईटी, क्यान महासंघ लगायतको सहकार्यमा हुन लागेको कन्क्लेभको कनेक्टेड बाई पार्टनरमा नेपाल टेलिकम रहेको छ । 

    यस्तै टेक्नोलोजी पार्टनरमा स्मार्टन टेक्नोलोजी, बैंकिङ पार्टनरमा नबिल बैंक, डिजिटल पेमेन्ट पार्टनरमा इसेवा, इन्टरनेट पार्टनरमा डिशहोम फाइबरनेट, ट्रेनिङ पार्टनरमा ब्रोडवे इन्फोसिस, टिकेटिङ पार्टनरमा सस्तो टिकेट्स, स्याटेलाइट इन्टरनेट पार्टनरमा क्यासिफिक, ब्रोडकास्टिङ पार्टनरमा कान्तिपुर टिभी एचडी, इभेन्ट म्यानेजमेन्ट पार्टनरमा टेक्नोरियो, आईएसएस, ग्लोबल स्पार्क रहेका छन् ।

    साथै सहयोगी सस्थाहरुमा ग्लोबल आईएमई बैंक, इन्फोडेभलपर्स, आईएमई पे,  राष्ट्रिय वाणिज्य बैंक, कोइली, वानपोइन्ट फाइनान्सियल सर्भिसेस, डायमानिक टेक्नोसफ्ट, जियोकृषि लगायत रहेका छन् ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट