Sep 20 2024 | २०८१, असोज ४ गते

आँबुखैरेनी–मुग्लिन सडक तीन घण्टा बन्द हुने 

आँबुखैरेनी–मुग्लिन सडक तीन घण्टा बन्द हुने 

एभरेष्ट हेडलाइन्स
आइतबार, जेठ २७ २०८१
एभरेष्ट हेडलाइन्स
आइतबार, जेठ २७ २०८१
  • आँबुखैरेनी–मुग्लिन सडक तीन घण्टा बन्द हुने 

    तनहुँ । पृथ्वीराजमार्गअन्तर्गत आँबुखैरेनी–मुग्लिन सडकखण्ड चार घण्टा पूर्ण रूपमा बन्द हुने भएको छ । आँबुखैरेनी–४ स्थित डयाम नजिक पहिरो नियन्त्रणको काम भइरहेकाले बिहान १० देखि दिउँसो १ बजेसम्म सडक बन्द हुने भएको हो । 
       
    हिलसाइडमा चर्किएका ढुङ्गा ‘ट्रिममिङ’ गर्नुपर्ने भएकाले बाटो बन्द गरिने जिल्ला सडक डिभिजन कार्यालयका प्रमुख पशुपति ज्ञावलीले बताए । पृथ्वीराजमार्गमा गुड्ने सवारीसाधन व्यवस्थापनमा सहजीकरण गरिदिन जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयलाई उक्त कार्यालयले अनुरोध पनि गरेको छ ।

    images
    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार