Sep 08 2024 | २०८१, भदौ २३ गते

रासायनिक मल वितरणसम्बन्धी निर्देशिका संशोधन गरिने

रासायनिक मल वितरणसम्बन्धी निर्देशिका संशोधन गरिने

एभरेष्ट हेडलाइन्स
सोमबार, जेठ २८ २०८१
एभरेष्ट हेडलाइन्स
सोमबार, जेठ २८ २०८१
  • रासायनिक मल वितरणसम्बन्धी निर्देशिका संशोधन गरिने

    काठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले रासायनिक मल वितरणका समस्या समाधान गर्न निर्देशिका संशोधन गर्ने भएको छ ।

    images
    images

    अनुदानको मल वितरण व्यवस्थापन निर्देशिका, २०७७ अनुसार मल आयात र बिक्री वितरणमा समस्या हुन थालेपछि निर्देशिका  संशोधन गर्न लागिएको हो ।

    संशोधनका लागि मन्त्रालयका सहसचिव एवं कृषि विकास महाशाखा प्रमुख रामकृष्ण श्रेष्ठको संयोजकत्वमा समिति गठन गरिएको छ । 
     
    समितिले असारसम्म मस्यौदा तयार गरी स्वीकृत गराएर साउनदेखि कार्यान्वयन गर्ने गरी काम गरिरहेको संयोजक श्रेष्ठले जानकारी दिए । मल आयातको व्यवस्था केन्द्रीय सरकारले मिलाएपछि वितरणको व्यवस्था प्रदेश र स्थानीय सरकारले मिलाउने गरी निर्देशिकाको मस्यौदा तयार गर्न लागिएको छ ।

    पूर्वाधार निर्माणका लागि बनाइएको सार्वजनिक खरिद ऐन अनुसार मल खरिद र आयात गर्न समस्या भएकाले समाधानका लागि ऐन नै संशोधनको पहल  भइरहेकोसमेत मन्त्रालयले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट