Sep 28 2024 | २०८१, असोज १२ गते

वाइ वाइको ‘क्रिकेट स्पेसल एडिसन प्याकेट’ बजारमा

वाइ वाइको ‘क्रिकेट स्पेसल एडिसन प्याकेट’ बजारमा

सीजी फुड्स नेपाल लिमिटेडद्वारा क्यानलाई ६० लाख सहयोगको घोषणा

एभरेष्ट हेडलाइन्स
सोमबार, जेठ २८ २०८१
एभरेष्ट हेडलाइन्स
सोमबार, जेठ २८ २०८१
  • वाइ वाइको ‘क्रिकेट स्पेसल एडिसन प्याकेट’ बजारमा

    काठमाडौँ ।  वाइ वाइ चाउचाउले दोस्रो पटक आईसीसी पुरुष टी-२० विश्वकपमा सहभागी हुन सफल भएको नेपाली क्रिकेट टिमलाई प्रोत्साहन गर्नका लागि ‘क्रिकेट स्पेसल एडिसन प्याकेट’ सार्वजनिक गरेको छ ।

    images
    images

    सीजी फुड्स नेपाल लिमिटेडले क्यानसँगको सहकार्यमा क्रिकेट स्पेसल एडिसन प्याकेटको अवधारणा कार्यान्वयनमा ल्याएको हो ।

    टि–२० विश्वकपमा नेपाली राष्ट्रिय टिमका साथ रमाईरहेका नेपाली दर्शकहरूका लागि वाइ वाइको यो प्याकेट विशेष हुनेछ भन्ने विश्वास कम्पनीले लिएको छ । साथै, वाइ वाइको यस विशेष प्याकेटले नेपाली क्रिकेट टिमलाई थप प्रोत्साहन तथा समस्त नेपाली क्रिकेटप्रेमिहरूमा थप उत्साह ल्याउने विश्वास पनि गरिएको छ ।  

    wai wai 1 (1).jpg

    यस खुसीको अवसरमा विगत लामो समयदेखि पुरुष अन्डर–१९ क्रिकेट टिमलाई प्रायोजन गर्दै आएको वाइ वाइले महिला अन्डर–१९ क्रिकेट टिमलाई समेत प्रायोजन वापत ३० लाख तथा अन्य क्रिकेट गतिबिधि संचालनका लागि ३० लाख गरि जम्मा ६० लाख नेपाल क्रिकेट संघलाई सहयोग गर्नेछ । पत्रकार सम्मेलनका अवसरमा चौधरी गु्रपका प्रबन्धक निर्देशक श्री निर्वाण चौधरीको उपस्थितीमा क्यानका सचिव श्री पारस खड्का र सीजी फुड्सका सिइओ श्री प्रदिप पुडासैनीले यस सम्वन्धी सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । 

     

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार