images

Oct 06 2024 | २०८१, असोज २० गते

उद्धारको नमुना अभ्यासका क्रममा डुबेर प्रहरी जवानको मृत्यु

उद्धारको नमुना अभ्यासका क्रममा डुबेर प्रहरी जवानको मृत्यु

एभरेष्ट हेडलाइन्स
सोमबार, जेठ २८ २०८१
एभरेष्ट हेडलाइन्स
सोमबार, जेठ २८ २०८१
  • उद्धारको नमुना अभ्यासका क्रममा डुबेर प्रहरी जवानको मृत्यु

    बझाङ । विपद् व्यवस्थापनको खोज तथा उद्धारका लागि नमुना अभ्यास गर्ने क्रममा आज बझाङमा डुबेर एक  प्रहरी जवानको मृत्यु भएको छ । 

    images
    images
    images

    सदरमुकाम चैनपुर नजिकै सेती नदीमा नमुना अभ्यास देखाउने क्रममा सशस्त्र प्रहरी बलका जवान नरेन्द्रसिंह धामीको मृत्यु भएको हो । प्रहरी नायव उपरीक्षक भरत शाहका अनुसार केदारस्यूँ गाउँपालिका–७ खिकीरीका बासिन्दा समेत रहेका उनको अभ्यासको क्रममा सेती नदीको बीच भागमा खसेर ज्यान गएको हो । 

    नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, जिल्ला रेडक्रस र नेपाली सेनाले आज यहाँ संयुक्तरुपमा प्राकृतिक विपदका बेला बाढीमा फसेकाहरुको उद्धार सम्बन्धि नमुना अभ्यास देखाएको थियो । सोही क्रममा धामी डुबेर बेहोस भएका जिल्ला प्रहरी कार्यालयले जनाएको छ । बेहोस भएका उनलाई जिल्ला अस्पताल लगिए पनि बचाउन भने सकिएन । 

    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार