images

Jul 27 2024 | २०८१, साउन १२ गते

महाधिवेशनमा प्रस्तुत गरिने दस्तावेजमाथि छलफल

महाधिवेशनमा प्रस्तुत गरिने दस्तावेजमाथि छलफल

एभरेष्ट हेडलाइन्स
मंगलबार, जेठ २९ २०८१
एभरेष्ट हेडलाइन्स
मंगलबार, जेठ २९ २०८१
  • महाधिवेशनमा प्रस्तुत गरिने दस्तावेजमाथि छलफल

    काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजपादी) बागमती प्रदेश कमिटीले राष्ट्रिय महाधिवेशनमा प्रस्तुत हुने दस्तावेजमाथि छलफल सम्पन्न गरेको छ । पार्टीले मातहतका कमिटी तथा सबै जिल्ला तहबाट थप सुझाव लिन सबै जिल्लामा दस्तावेजको मस्यौदा पठाएको थियो ।  राजनीतिक दस्तावेज, पार्टीको समाजवादी कार्यक्रम, विधान संशोधन र साङ्गठनिक गरी चार दस्तावेजमा छलफल गरिएको हो ।

    images

    यही जेठ मसान्तभित्र सबै मातहतका कमिटीले सुझाव केन्द्रमा पठाउन समयसीमा तोकिएको छ । बागमती प्रदेश  कमिटीका अध्यक्ष सावित्रा भुसाल तथा बागमती इन्चार्ज डा गङ्गालाल तुलाधरको उपस्थितिमा ती दस्तावेजमा छलफल गरिएको थियो ।  सो छलफलबाट निस्केको निष्कर्षलाई समेटेर केन्द्रलाई बुझाउने तयारी गरिएको जनाइएको छ  । दस्तावेजलाई एउटै प्रतिवेदन बनाएर राष्ट्रिय महाधिवेशनमा लैजाने बागमती प्रदेश कमिटी सचिव लक्ष्मण लम्सालले जानकारी दिए । 

    सोही कमिटीले काभ्रेबाट प्राणनाथ न्यौपाने, राजु नेपाल, सन्तवीर तामाङ, छवि हुमागाईँलाई प्रदेश कमिटी सदस्यको जिम्मेवारी प्रदान गरेको छ । पार्टी सङ्गठन सुदृढीकरणमा महत्त्वपूर्ण योगदान गरेकाले कामको मूल्याङ्कन गर्दै प्रदेश कमिटीको जिम्मेवारी प्रदान गरिएको सचिव लम्सालले जानकारी दिए ।

    महाधिवेशनको कार्यप्रगति तथा तयारीबारे मातहतका कमिटीले पार्टी केन्द्रलाई जानकारी गराउनुपर्ने प्रावधान छ । महाधिवेशनका लागि निर्माण गरिएको प्रतीक चिन्हमा नेपालको फरफराइरहेको राष्ट्रिय झण्डालाई कलात्मक रूपमा प्रस्तुत गरिएको छ ।  कम्युनिष्ट पार्टीको झण्डा राखिएको प्रतीक चिन्हमा दक्षिणपन्थी यथास्थितिवादको विरोध गरौँ, समाजवादी बाटोमा अगाडि बढौँ भन्ने सन्देश उल्लेख छ ।

    पार्टीको महाधिवेशन आगामी असार १६ देखि २० गतेसम्म काठमाडौँको प्रज्ञा प्रतिष्ठानमा तय गरिएको छ  । महाधिवेशनलाई सम्पन्न गर्न पार्टी अध्यक्ष माधवकुमार नेपालको नेतृत्वमा १४ सदस्यीय कमिटी निर्माण गरिएको छ ।  पार्टीका तल्लो तहदेखि माथिल्लो तहका नेतालाई सम्बन्धित भूगोल तथा कार्यक्षेत्रबाट निर्वाचित हुनुपर्ने व्यवस्था गरिएको छ ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार