Sep 20 2024 | २०८१, असोज ४ गते

सरकारको विपद्पूर्वतयारी सन्तोषजनक छैन : सचिव भट्टराई

सरकारको विपद्पूर्वतयारी सन्तोषजनक छैन : सचिव भट्टराई

एभरेष्ट हेडलाइन्स
बिहीबार , जेठ ३१ २०८१
एभरेष्ट हेडलाइन्स
बिहीबार , जेठ ३१ २०८१
  • सरकारको विपद्पूर्वतयारी सन्तोषजनक छैन : सचिव भट्टराई

    काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले विपद्को पूर्वतयारीमा सरकारको ध्यान पुग्न नसकेको बताएका छन्। बिहीबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले विपद जोखिम न्यूनीकरण र पूर्वतयारीमा सरकारको जुन तहको तयारी हुनुपर्ने थियो त्यो नभएको उल्लेख गरेका हुन्।

    images
    images

    उनले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण बनाएपनि बजेट कम दिइएको बताए। ‘प्राधिकरण बजेट पनि कम छ। दक्ष जनशक्ति पनि छैनन् । हामीसँग आधुनिक साधन छैनन्, जसले समयमै उद्धार हामीले गर्न सकेका छैनौं, सरकारले गर्न सकेको छैन,राज्यले यथोचित इफोर्ट लगाउन सकेको छैन।’उनले भने,‘सीमिति स्रोत र साधनका बीच नेपाली सेना,सशस्त्र प्रहरी, प्रहरीले जोखिम रुपमा उद्धार गरिरहनुभएको छ।’उनले प्राधिकरणमार्फत बजेट खर्च गर्ने र साधन स्रोत बढाउनुपर्ने धारणा राखे।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार