Sep 20 2024 | २०८१, असोज ४ गते

नेतृत्वका कारण गणतान्त्रिक व्यवस्थालाई कमजोर बनाउनु हुँदैन : अध्यक्ष साह

नेतृत्वका कारण गणतान्त्रिक व्यवस्थालाई कमजोर बनाउनु हुँदैन : अध्यक्ष साह

एभरेष्ट हेडलाइन्स
बिहीबार , जेठ ३१ २०८१
एभरेष्ट हेडलाइन्स
बिहीबार , जेठ ३१ २०८१
  • नेतृत्वका कारण गणतान्त्रिक व्यवस्थालाई कमजोर बनाउनु हुँदैन : अध्यक्ष साह
    काठमाडौँ । आम जनता पार्टीका अध्यक्ष प्रभु साहले गणतन्त्रको उपलब्धिलाई संस्थागत गर्दै समृद्धिको गतिलाई तीव्रता दिनुपर्ने बताएका छन् । 
     
    गणतन्त्र दिवस, २०८१ का अवसरमा राष्ट्रिय समाचार समितिद्वारा आयोजित ‘गणतन्त्रका उपलब्धि : समृद्धिका लागि पूर्वाधार’ शीर्षकको तस्बिर प्रदर्शनीको आज अवलोकनपछि उनले विश्वमै अभ्यास रहेका व्यवस्थामध्ये गणतन्त्र उत्कृष्ट शासन व्यवस्था भएको दाबीसमेत गरे। उनले भने, “गणतन्त्रलाई विभिन्न कोणबाट बदनाम गर्ने प्रयास भइरहेकोप्रति परिवर्तनकारी शक्तिहरू सचेत रहनुपर्दछ ।”
     
    सांसद साहले मुलुकमा समृद्धिका लागि सुशासन अपरिहार्य भएको जनाउँदै केही असफल नेतृत्वका कारण गणतन्त्र कमजोर बन्न हुँदैन भने। “गणतन्त्र सुन्दर व्यवस्था भए पनि सञ्चालकले यसलाई ठिक मार्गबाट अघि बढाउन नसक्दा जनताले जति लाभ प्राप्त गर्नुपर्ने थियो, त्यो हुन नसकेको कारण आम जनतामा केही निराशा बढेको छ”, उनले भने ।  
     
    पूर्वसहरी विकासमन्त्री समेत रहेका साहले गणतन्त्र उत्तम व्यवस्था भएकाले समृद्धिका लागि हालको गतिमा परिवर्तन ल्याउनु आवश्यक रहेकामा जोड दिए ।   

     

    images
    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार