Sep 20 2024 | २०८१, असोज ४ गते

समाजलाई मान्य हुनेगरी आए कुनै पनि सामाजिक सञ्जालसँग आपत्ति छैन : मन्त्री शर्मा

समाजलाई मान्य हुनेगरी आए कुनै पनि सामाजिक सञ्जालसँग आपत्ति छैन : मन्त्री शर्मा

एभरेष्ट हेडलाइन्स
बिहीबार , जेठ ३१ २०८१
एभरेष्ट हेडलाइन्स
बिहीबार , जेठ ३१ २०८१
  • समाजलाई मान्य हुनेगरी आए कुनै पनि सामाजिक सञ्जालसँग आपत्ति छैन : मन्त्री शर्मा

    काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले नेपाली कानुनअनुसार समाजलाई मान्य हुने गरी टिकटक लगायतका कुनै पनि सामाजिक सञ्जालहरू नेपालमा चलाउँदा आपत्ति नहुने बताएकी छन् । बिहीबार विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा बोल्दै उनले यस्तो बताएकी हुन् ।

    images
    images

     उनले समाजमा अमर्यादित गतिविधिलाई महत्त्व दिनेगरी टिकटकमा सामग्रीहरू उत्पादन र प्रसारण भएका कारण सरकारले नेपालमा टिकट बन्द गरेको बताउँदै कानुनी रूपमा अहिले पनि टिकटक बन्द अवस्थामा रहेको बताइन् । सरकारले नेपाल टेलिकम लगायतका ठुला इन्टरनेट सेवा प्रदायकबाट अहिले पनि टिकटक चलाउन नदिइएको उनले बताइन् । मन्त्री शर्माले नियम कानुनको पालना गर्नेहरूले टिकटक चलाउन नहुने बताइन् ।  

    उनले सामाजिक सञ्जाल समाज अनुकूल हुने गरी प्रयोग गर्न आवश्यक रहेको समेत बताइन् ।  सामाजिक सञ्जालसम्बन्धी विधेयक मन्त्रालयबाट मन्त्रिपरिषदमा पेस गरिएको जानकारी दिँदै अब संसदीय समितिमा गई व्यापक छलफल हुने विश्वास व्यक्त गरिन् ।  

    उनले सामाजिक सञ्जाल निर्देशिका, २०८० जारी भएको र अहिले सामाजिक सञ्जाल विधेयकमा दर्ता गर्ने प्रक्रियामा रहेको बताइन् । मन्त्री शर्माले नेपालका कानुन र नेपालको समाजको महत्त्व आफ्नै भएकाले सबैलाई मान्य हुने गरी कुनै पनि सामाजिक सञ्जालहरू आउँछन् भने आपत्ति नरहेको बताइन् ।

    टिकटक नाममा समस्या नभई कन्टेन्टमा समस्या रहेको भन्दै नेपालको नियम, कानुन र सोसल भ्याल्युलाई मानेर आउँदा र नेपालमा दर्ता भई स्वनियमन कायम गरे सबै सामाजिक सञ्जाल चलाउन सकिने मन्त्री शर्माले बताइन् ।

     

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार