Sep 20 2024 | २०८१, असोज ४ गते

ताप्लेजुङमा बाढीको क्षतिबारे संसद्‍बाट योगेशले गराए सरकारको ध्यानाकर्षण

ताप्लेजुङमा बाढीको क्षतिबारे संसद्‍बाट योगेशले गराए सरकारको ध्यानाकर्षण

एभरेष्ट हेडलाइन्स
शुक्रबार, जेठ ३२ २०८१
एभरेष्ट हेडलाइन्स
शुक्रबार, जेठ ३२ २०८१
  • ताप्लेजुङमा बाढीको क्षतिबारे संसद्‍बाट योगेशले गराए सरकारको ध्यानाकर्षण

    काठमाडौँ । नेकपा एमालेका सांसद योगेश भट्टराईले अविरल वर्षाका कारण पहिरोले ताप्लेजुङमा धनजनको क्षति भएको भन्दै राहत र क्षतिपूर्तिको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

    images
    images

    शुक्रबार प्रतिनिधिसभा बैठकमा भट्टराईले ताप्लेजुङका बिभिन्न स्थानका साथै गएराति पहिरोले फक्ताङलुङ गाउँपालिकामा चार जनाको मृत्यु भएको र केही घाइते भएको भन्दै राहत र क्षतिपूर्तिको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराएका हुन् । 

    विपद् प्राधिकरणलाई स्रोत, साधन र जनशक्तिको अभाव हुन दिनु नहुने भन्दै उनले दुर्गम पहाडी जिल्लाहरूमा विपद्का घटना घट्दा समयमै उद्धार गर्नसक्ने अवस्था नभएकाले यसतर्फ सरकारको ध्यानाकर्षण गराए । 

    “विपद् प्राधिकरण जो हामीले बनाएका छौँ, त्यसमा पर्याप्त मात्रामा जनशक्ति, साधन, स्रोतको अभावको कारणले समयमै उद्धार गर्नसक्ने अवस्था बनिरहेको छैन । दुर्गम पहाडी जिल्लाहरूमा यसप्रति सरकारको ध्यान जाओस्,” उनले भने, “ पहाडी, हिमाली जिल्लाहरु प्राकृतिक विपत्तिको उच्च जोखिममा छन् । ति जिल्लाहरुको जनजीवनलाई सुरक्षित आवास गर्नको निम्ति एकीकृत बस्ती विकासको कार्यक्रमतिर जानुपर्छ भन्ने सरकारको समेत ध्यानाकर्षण गर्न चाहन्छु ।”

     

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार