Sep 08 2024 | २०८१, भदौ २३ गते

अछाममा छाउगोठमा बसेकी किशोरीमाथि सामूहिक बलात्कार

अछाममा छाउगोठमा बसेकी किशोरीमाथि सामूहिक बलात्कार

एभरेष्ट हेडलाइन्स
बुधबार, असार ५ २०८१
एभरेष्ट हेडलाइन्स
बुधबार, असार ५ २०८१
  • अछाममा छाउगोठमा बसेकी किशोरीमाथि सामूहिक बलात्कार

    अछाम । छाउगोठमा बसेकी एक किशोरी बलात्कृत भएकी छिन् । जिल्लाको पञ्चदेवल विनायक नगरपालिकाकी १६ वर्षीया किशोरीमाथि सोमबार राति सामूहिक बलात्कृत भएको हो । 

    images
    images

    ​किशोरी बलात्कारको आरोपमा प्रहरीले स्थानीय १७ वर्षीय किशोरलाई पक्राउ गरेको छ । पञ्चदेवल विनायक नगरपालिकामा मामाघरमा बस्दै आएकी १६ वर्षीया किशोरी मामाघरको नजिक रहेको छाउगोठमा मङ्गलवार बिहान अचेत अवस्थामा भेटिएकी हुन् । उनी ११ वर्षदेखि मामाघरमै बस्दै आएकी थिइन् ।

    उनलाई अचेत अवस्थामा देखेपछि मङ्गलबार बिहान स्थानीय एक जना किशोरीले प्रहरीलाई खबर गरेकी थिइन् । स्थानीय किशोरीले जानकारी दिए लगत्तै इलाका प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोली र पञ्चदेवल विनायक नगरपालिकाका नगरप्रमुख अम्बिका चलाउने लगायतले उनको उद्धार गरेर जिल्ला अस्पताल अछाम पठाएको थियो । 

    अछाम जिल्ला अस्पतालमा गरिएको स्वास्थ्य परीक्षणमा उनी बलात्कृत भएको पुष्टि भएको थियो ।  अस्पतालमा उपचार पश्चात् होसमा आएकी ती किशोरीले आफू माथि बलात्कार भएको प्रहरीलाई भनेकी थिइन् । उनले स्थानीय १७ वर्षीय किशोर लगायत ३÷४ जनाले बलात्कार गरेको बताएकी थिइन् । आँखा र घाँटीमा कपडाले  बाँधेकोले अन्य व्यक्तिलाई आफूले चिन्न नसकेको पीडित किशोरीको भनाइ छ । 

    अछाम प्रहरी प्रमुख डिएसपी सन्तोष पाठकले किशोरी बलात्कृत भएको पुष्टि गरे । उनीसहितको टोलीले मङ्गलवार बेलुकी घटनास्थल पुगेर घटनाबारे थप जानकारी लिएको अछाम प्रहरीले बताएको छ । 

    मङ्गलबार बिहान उनको उद्धारमा गएकी नगरप्रमुख अम्बिका चलाउनेको टोलीले छाउगोठ भत्काएको छ । उनलाई अचेत अवस्था सम्म गोठमै राखिएको भन्दै नगरप्रमुख चलाउनेले गोठ भत्काएकी हुन । किशोरी  होसमा नआउन्जेलसम्म उनी बिरामी भएको भन्दै उद्धार गरिएको थियो । 

    घटनाको थप अनुसन्धान भइरहेका अछाम प्रहरी प्रमुख सन्तोष पाठकले बताए । 

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट