images

Jun 29 2024 | २०८१, असार १५ गते

संगीत र नाट्य कला समाजको अभिन्न अंग हाे : राष्ट्रपति पौडेल

संगीत र नाट्य कला समाजको अभिन्न अंग हाे : राष्ट्रपति पौडेल

एभरेष्ट हेडलाइन्स
बुधबार, असार १२ २०८१
एभरेष्ट हेडलाइन्स
बुधबार, असार १२ २०८१
  • संगीत र नाट्य कला समाजको अभिन्न अंग हाे : राष्ट्रपति पौडेल

    काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले संगीत र नाट्य कला समाजको अभिन्न अंग भएको र यो हाम्रो पहिचान,  इतिहास र  भावी पुस्ताको लागि महत्वपूर्ण सम्पत्ति भएको बताएका छन् । 

    images
    images

    शीतल निवासमा बुधबार भएको नेपाल सङ्गीत तथा नाट्य राष्ट्रिय प्रज्ञा पुरस्कार–२०८० वितरण समारोहमा बोल्दै राष्ट्रपति पौडेलले सो धारणा व्यक्त गरेका हुन्। 

    ‘नेपाल प्राकृतिक तथा सांस्कृतिक विविधताले समृद्ध मुलुक हो, हाम्रा पुर्खाहरूले हामीलाई धरोहरकारुपमा छोडी गएका धर्म, दर्शन, कला र संस्कृति नैं हाम्रो राष्ट्रिय जीवनका परिचायक हुन्’, उनले भने,“ देशका अमूल्य कला र संस्कृतिलाई सुरक्षित गरी यीनमा नविन विशेषताहरू जोड्दै जानु आजको चेतनशील समाजको कर्तव्य हो ।”

    उनले हामीले इतिहासमा गर्व गरेर मात्र पुग्दैन, इतिहास निर्माण गर्ने काममा पनि सदा प्रयत्नशील हुनुपर्ने बताए। हाम्रो देशका संस्कृति साधक, साहित्यकार, कलाकारहरूले सँधै सचेत र सम्वेदनशील रही सांस्कृतिक उत्थान एवं राष्ट्रिय एकतालाई सवल बनाउने कार्यमा आफूलाई समर्पित गर्दै आउनु खुशीको विषय भएको उनको भनाइ थियो ।  

    नेपालको सांस्कृतिक धरोहरलाई जोगाउने र यसलाई विश्वभरि चिनाउन यस क्षेत्रमा क्रियाशील व्यक्तिहरुको योगदान अविस्मरणीय रहेको उनले उल्लेख गरे। “संस्कृति नेपालीहरूको जीवनशैली हो र संस्कृति नेपालीको पहिचान पनि हो”, राष्ट्रपति पौडेलले भने ।  

    सरकारले नेपाली संगीत, नृत्य एवं नाटक संस्कृति र वाङ्मयको विकासका लागि नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको स्थापना गरेको र प्रतिष्ठानले देशभर सङ्गीत, नृत्य र नाटकसम्बन्धी उत्सव, प्रशिक्षण, खोज, सम्मान र अन्वेषणात्मक कार्य गरिरहेको जानकारी पाउँदा खुशी लागेको उनले बताए ।  

    “श्रष्टाको सम्मानले प्रतिभालाई सिर्जनाको क्षेत्रमा कर्मशील हुने प्रेरणा प्रदान गर्दछ, अग्रज स्रष्टाको सम्मान गर्नु सम्पूर्ण संस्कृति र सिर्जनालाई सम्मान गर्नु हो, यस्तो परिपाटीले विश्वमा राष्ट्रको सभ्यताको परिचय दिन्छ”, राष्ट्रपति पौडेलले भने । उनले साधकहरूको समुचित सम्मानले साधनाको सम्मान हुन्छ र यो सम्मानको परम्परालाई अरु अर्थपूर्ण, अरु गतिशील पार्नु समयको आवश्यकता हो भने । 

    सो अवसरमा राष्ट्रपति पौडेलले नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा पुरस्कारबाट वरिष्ठ रङ्गकर्मी हरिहर शर्मा, लोकगायक बोमबहादुर कार्की, शास्त्रीय सङ्गीत साधक चन्दनकुमार श्रेष्ठ, नृत्य निर्देशक जोगेन्द्र के.सी., नाटककार गोपाल देवान र गायिका तारा थापालाई पुरस्कृत गरे।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार