Sep 08 2024 | २०८१, भदौ २३ गते

किसानलाई रुवाएर सरकार हाँसेर बस्‍न मिल्दैन : गोकुल बास्कोटा

किसानलाई रुवाएर सरकार हाँसेर बस्‍न मिल्दैन : गोकुल बास्कोटा

एभरेष्ट हेडलाइन्स
बिहीबार , असार १३ २०८१
एभरेष्ट हेडलाइन्स
बिहीबार , असार १३ २०८१
  • किसानलाई रुवाएर सरकार हाँसेर बस्‍न मिल्दैन : गोकुल बास्कोटा

    काठमाडौँ । नेकपा एमालेका नेता गोकुल बास्कोटाले दूध बेचेर जीविकोपार्जन गर्ने किसानहरूको समस्या दीर्घकालीन रूपमा समाधान गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

    images
    images

    बिहीबार प्रतिनिधिसभाको विशेष समयमा बास्कोटाले सरकार पटक पटक परिवर्तन हुँदा पनि वर्षौं देखिएको दुग्ध किसानहरूको समस्या समाधान नभएको भन्दै उनीहरूको समस्या दीर्घकालीन रूपमा समाधान गर्न सरकारको ध्यानाकर्षण गराएका हुन् ।

    किसानहरूको ५ अर्बभन्दा बढी रुपैयाँ भुक्तानी बाँकी रहेको अवस्थामा किसानलाई रुवाएर सरकार हाँसेर बस्न नमिल्ने उनले बताए । ‘दुग्ध किसानहरुले सरकारसँग ५ अर्ब बढी रकम पाउन सकेका छैनन् । किसानले नङ्ग्रा ख्याएको,पसिना बगाएर परिवार र घर चलाउन चाहेको कुरालाई महिनौंदेखि भुक्तानी नदिएर किन रुवाउँदै छौं । किसानलाई रुवाएर सरकार हाँसेर बस्ने हो ? जनताको सरकार होइन ? जनताप्रति जवाफ दिनुपर्छ कि पर्दैन ?' सांसद बाँस्कोटाले भने,' अहिले पनि दुग्ध विकास संस्थाले १ अर्ब ५५ करोड भन्दा माथि भुक्तानी गर्न बाँकी छ । प्राइभेट सेक्टर व्यापारमा मात्रै लिप्त छ । नाफामा मात्रै लिप्त छ जवाफदेहिता छैन ।'

    दुग्ध किसानका बारेमा प्रधानमन्त्रीले आफ्नो धारणा सार्वजनिक गर्नुपर्ने उनको भनाइ छ । बास्कोटाले धुलो दूध बाहिरबाट ल्याएर स्वदेशी किसानलाई मर्कामा पार्ने काम भएको भन्दै आपत्ति जनाए । 

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट