images

Jul 01 2024 | २०८१, असार १७ गते

नेपाललाई हरेक वर्ष करिब पौने ६ लाख बढी मेट्रिक टन चामल अपुग

नेपाललाई हरेक वर्ष करिब पौने ६ लाख बढी मेट्रिक टन चामल अपुग

एभरेष्ट हेडलाइन्स
शनिबार, असार १५ २०८१
एभरेष्ट हेडलाइन्स
शनिबार, असार १५ २०८१
  • नेपाललाई हरेक वर्ष करिब पौने ६ लाख बढी मेट्रिक टन चामल अपुग

    चितवन । नेपालीको मुख्य खाना भात हो र नेपालको मुख्य बाली धान खेती । हरेक वर्ष दुई सिजन गरि नेपालमा धान खेती हुँदै आएको छ । नेपालको अन्न बालीमा सबैभन्दा धेरै योगदान दिने क्षेत्र पनि धानबली नै हो । तर, मूल बालीकै रुपमा रहेको धानको देशभित्र हुने उत्पादनले नेपालीलाई खान भने पुग्दैन ।

    images
    images

    सरकारी तथ्यांक अनुसार नै हेर्दा पनि नेपालीलाई ५ लाख ८१ हजार ५ सय ५ मेट्रिक टन चामल प्रतिवर्ष अपुग हुने देखिएको छ । कृषि विभागको तथ्यांक अनुसार नेपालीलाई यहाँ उत्पादित धान उत्पादनले भात खान नपुग्ने देखिएको हो । विभागका महानिर्देशक डा. नरहरिप्रसाद घिमिरेका अनुसार एक नेपालीले प्रतिवर्ष १ सय २८ केजी चामल उपभोग गर्छन् ।

    प्रतिव्यक्ति हिसाब गरेर हेर्दा नेपालको जनसंख्यालाई एक वर्षमा ६२ लाख ८८ हजार ६ सय ६० मेट्रिक टन धान आवश्यक पर्छ ।

    तर, नेपालको कुल धान उत्पादन प्रतिवर्ष ५७ लाख ७ हजार एक सय ५५ मेट्रिक टन रहेको छ । यो उत्पादन र आवश्यकताको हिसाब गर्दा पौने ६ लाख मेट्रिक टन भन्दा बढी चमलको अपुग रहेको हो । अहिले देशभरमा १४ लाख ३४ हजार ७ सय ९७ हेक्टरमा धान खेती हुँदै आएको छ ।

    जनसंख्याको अनुपातमा चामलको अभाव भएपनि सरकारका कृषिसँग काम गर्ने निकायहरु भने खुसी छन् । उनीहरु धानको उत्पादकत्व बढ्दै गएको भन्दै खुसी भएका हुन् ।

    महानिर्देशक डाक्टर घिमिरेले आज चितवनमा आयोजित राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सवमा धानको उत्पादकत्व बढेको भन्दै चामल अपुग कम हुँदै जाने पनि बताए ।

    उनका अनुसार २०७९ सालमा नेपालमा धानको उत्पादकत्व ४ दशमलव ९१ रहेकोमा २०८० सालमा बढेर ५ दशमलव ०१ प्रतिशत पुगको छ । भने, चामल आयात ४७ र धानको आयात ४३ प्रतिशतले घटेको छ ।

    सरकारले पनि कृषिमा आधुनिकीकरण, यन्त्रिकरण, धान जोन घोषणा लगायतका कार्यक्रम मार्फत धान खेती वृद्धि गर्ने लक्ष्य लिइएको उनले जानकारी दिए ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट