Sep 08 2024 | २०८१, भदौ २३ गते

नदीहरुमा पानीको सतह बढ्दै, आउँदो तीन दिनसम्म बाढीको सम्भावना

नदीहरुमा पानीको सतह बढ्दै, आउँदो तीन दिनसम्म बाढीको सम्भावना

एभरेष्ट हेडलाइन्स
आइतबार, असार १६ २०८१
एभरेष्ट हेडलाइन्स
आइतबार, असार १६ २०८१
  • नदीहरुमा पानीको सतह बढ्दै, आउँदो तीन दिनसम्म बाढीको सम्भावना

    काठमाडौँ । आउँदो तीन दिन नदीहरुमा पानीको सतह बढेर बाढीको जोखिम हुने जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

    images
    images

    महाशाखाले आज बिहान सूचना निकालेर आउँदो तीन दिन कोशी, नारायणी, कर्णाली र यसका सहायक नदीमा तथा बाग्मती, कमला, पूर्वी राप्ती, पश्चिम राप्ती र बबईको जलसतह उल्लेख्य रूपमा बढ्ने भन्दै नदी तटीय क्षेत्रका क्रियाकलापमा उच्च सतर्कता अपनाउन अनुरोध छ ।

    आज ताप्लेजुङ, सङ्खुवासभा, सर्लाही, रौतहट, बारा, पर्सा, मकवानपुर, नवलपरासी, तनहुँ, स्याङ्जा, पर्वत, म्याग्दी, बाग्लुङ, रोल्पा, दाङ, बाँके र बर्दियालगायत आसपासका जिल्लाका सबैजसो सानाठूला नदीमा पानीको सतह बढ्ने महाशाखाको सूचनामा उल्लेख छ । यी जिल्लामा आज मध्ययम खालको जोखिम रहे पनि कतिपय नदीमा आकस्मिक रूपमा ठूलो बाढी आउ सक्ने भन्दै महाशाखाले उच्च सतर्कता आवश्यक रहेको बताएको छ ।

    महाशाखाले आज इलाम, तेह्रथुम, पाँचथर, भोजपुर, उदयपुर, रामेछाप, दोलखा, सिन्धुपाल्चोक, चितवन, लमजुङ, रुपन्देही, कपिलवस्तु, अर्घाखाँची, प्यूठान, सल्यान, दैलेख, कैलाली, कन्चनपुर, डोटी, डडेल्धुरा र आसपासका जिल्ला भई बहने नदीमा पनि आकस्मिक बाढीको सम्भावना रहेकोले सावधानी अपनाउन भनेको छ ।

    केही दिनदेखि पानी निरन्तर परिरहेको र नदीमा पानीको सतह बढिरहेकोले यस बेला सामान्य पानी पर्दा पनि बाढीको जोखिम हुन सक्ने महाशाखाले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट