Sep 08 2024 | २०८१, भदौ २३ गते

महिनाको १५ दिन पाँचतारे होटलमा गएर खाने नेताहरूले समाजवाद ल्याउन सक्दैनन् : सीके राउत

महिनाको १५ दिन पाँचतारे होटलमा गएर खाने नेताहरूले समाजवाद ल्याउन सक्दैनन् : सीके राउत

एभरेष्ट हेडलाइन्स
आइतबार, असार १६ २०८१
एभरेष्ट हेडलाइन्स
आइतबार, असार १६ २०८१
  • महिनाको १५ दिन पाँचतारे होटलमा गएर खाने नेताहरूले समाजवाद ल्याउन सक्दैनन् : सीके राउत

    काठमाडौँ । जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त राउत (सीके) ले झन्डै २१ प्रतिशत नागरिक गरिबीको रेखामुनि रहेको देशमा महिनाको १५ दिन पाँचतारे होटलमा खाना खाने नेताहरूले समाजवाद ल्याउन नसक्ने बताएका छन् ।

    images
    images

    आज काठमाडौँमा नेकपा (एकीकृत समाजवादी) को राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष राउतले महिनाको १५ दिन पाँचतारे होटलमा खाना खान जाने नेताहरूले म समाजवादी हुँ भन्न नसुहाउने बताए । उनले कर्णालीका नागरिकले बिरामी हुँदा सिटामोल नपाउने देशमा विदेशमा गएर उपचार गर्ने नेताहरू समाजवादी हुन नसक्ने टिप्पणी गरे । अध्यक्ष राउतले नागरिकका छोराछोरी सरकारी अस्पतालमा जाने तर सरकारी अस्पतालको गुणस्तर सुधार नगर्ने र आफ्ना सन्तानलाई निजी विद्यालयमा भर्ना गर्ने नेताहरू समाजवादी हुन नसक्ने उल्लेख गरे ।

    उनले भने, ‘हामी समाजवादका कुरा गर्दछौँ । झन्डै २१ प्रतिशत जनता गरिबीको रेखामुनि बाँचिरहेको देशमा म महिनाको १५ दिन जति पाँच तारे होटलमा गएर खाना खान्छु भने म आफूलाई समाजवादी भन्ने कि नभन्ने ? कर्णालीमा मान्छे बिरामी हुँदा खाने कुरा हुँदैन, नुन पाइरहेका छैनन्, सिटामोल पाइरहेका छैनन् भने म महँगो अस्पतालमा उपचार गराउँछु, विदेशमा गएर उपचार गराउन चाहन्छु भने म समाजवादी हो कि होइन ? म एकातिर रोजगारी दिने कुरा गर्दछु, अर्कोतिर कसरी युवालाई विदेश पठाउने भनेर लाखौँको सङ्ख्यामा सम्झौता गर्दछु भने म समाजवादी हो कि होइन ?’

    अध्यक्ष राउतले समाजवादी बन्न हुनुपर्ने मापदण्ड नेताहरूले पालना गर्न नसकेको बताए ।

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

      ताजा अपडेट