Sep 08 2024 | २०८१, भदौ २३ गते

६० किलो सुन तस्करी : दोस्रो चरणको अनुसन्धानमा २० प्रतिवादी, ३० अर्ब ८२ करोड बिगो

६० किलो सुन तस्करी : दोस्रो चरणको अनुसन्धानमा २० प्रतिवादी, ३० अर्ब ८२ करोड बिगो

एभरेष्ट हेडलाइन्स
सोमबार, असार १७ २०८१
एभरेष्ट हेडलाइन्स
सोमबार, असार १७ २०८१
  • ६० किलो सुन तस्करी  : दोस्रो चरणको अनुसन्धानमा २० प्रतिवादी, ३० अर्ब ८२ करोड बिगो

    काठमाडौँ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले ६० किलो सुन तस्करीको दोस्रो चरणको अनुसन्धान सकाएको छ । ५६ दिन लामो अनुसन्धानपछि आइतबार जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंमा प्रतिवेदन बुझाइएको सीआईबीका एसपी होबिन्द्र बोगटीले जनाकारी दिए ।

    images
    images

    सीआईबीले संगठित सुन तस्करी मुद्दामा अनुसन्धान गरेको हो । दोस्रो चरणको अनुसन्धानका क्रममा २० जनालाई पक्राउ गरिएको छ । २६ जना अझै फरार सूचीमा छन् । सीआईबीले सबै आरोपितबाट ३० अर्ब ८२ करोड २२ लाख रुपैयाँ बिगो दाबी गरेको छ । आरोपित समूहले तीन हजार १९४ केजी सुन तस्करी गरेको खुलेको प्रहरीले जनाएको छ ।

    गत वर्ष साउन २ गते सवारीसाधनको ‘ब्रेक सु’मार्फत हङकङ हुँदै नेपाल भित्र्याइएको ६० किलो सुन भन्सार कार्यालय पार गरेर बाहिरिँदै गर्दा सिनामंगलबाट राजस्व अनुसन्धान विभागको टोलीले नियन्त्रणमा लिएको थियो । पछि उक्त घटनाको अनुसन्धान गर्ने जिम्मेवारी सीआईबीले पाएको हो ।

    पहिलो चरणको अनुसन्धानमा सीआईबीले २९ जनालाई प्रतिवादी बनाएको थियो । अनुसन्धानका क्रममा सीआईबीले सोही समूहले रेडी ट्रेडसहित अरू अनेक ‘डमी’ कम्पनी खडा गरी ३६० किलोभन्दा बढी सुन तस्करी गरेको तथ्य खुलाएको थियो । पहिलो चरणमा पक्राउ परेकामाथि तीन अर्ब ५० करोड दुई लाख १६ हजार ५५२ रुपैयाँ बिगो कायम गरिएको थियो ।

    दोस्रो चरणको अनुसन्धानका क्रममा सीआईबीले भारतका सिद्धनाथ अशोक गायकवाड, धीरज दिनेश वैटे, प्रशान्त गणेश वजवलकार, वैजनाथ ब्रह्मादत्त गोयल र चिनियाँ नागरिक शेरब ग्याल्मा, राजु भोटेलाई पक्राउ गरेको छ ।

    यस्तै, नेपाली नागरिक राजु खत्री, सुरेन्द्रमान श्रेष्ठ, प्रेमनाथ सेढाइँ, कान्छा लामा, भीमप्रसाद तिमल्सिना, प्रज्वल आचार्य, सुरज शमशेर जबरालाई पक्राउ गरिएको छ ।

    चिनियाँ नागरिक अथुप्छाङ खम्पा, भारतका सुशील ज्याकिबन्जा, नेपाली कश्यप मानन्धर, लालबहादुर कुँवर, अरुणकुमार यादव, रुपक भण्डारी र मनोज श्रेष्ठ समेत सीआईबीको हिरासतमा छन् ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट