images

Oct 06 2024 | २०८१, असोज २० गते

जुनमा भित्रिए ७६ हजारभन्दा बढी विदेशी पर्यटक

जुनमा भित्रिए ७६ हजारभन्दा बढी विदेशी पर्यटक

एभरेष्ट हेडलाइन्स
मंगलबार, असार १८ २०८१
एभरेष्ट हेडलाइन्स
मंगलबार, असार १८ २०८१
  • जुनमा भित्रिए ७६ हजारभन्दा बढी विदेशी पर्यटक

    काठमाडौँ । सन् २०२४ को जुनमा मात्र ७६ हजार सात सय ३६ विदेशी पर्यटक नेपाल भित्रिएका छन् । अध्यागमन विभागलाई उदृत गर्दै नेपाल पर्यटन बोर्डले दिएको जानकारीअनुसार सन् २०२३ को जुनको तुलनामा यस वर्षको जुनमा चार हजारभन्दा बढी पर्यटक नेपाल भित्रिएका हुन् ।

    images
    images
    images

    सन् २०२३ को जुनमा ७२ हजार दुई सय ५० पर्यटक नेपाल भित्रिएका थिए । नेपाल भित्रिएका पर्यटकमध्ये भारतीय पर्यटक बढी छन् ।

    भारतबाट जुनमा ३७ हजार आठ सय ३५ पर्यटक नेपाल भित्रिएको नेपाल पर्यटन बोर्डका निर्देशक मणिराज लामिछानेले जानकारी दिए । यस्तै, दोस्रोमा अमेरिकाबाट आठ हजार दुई सय ८१, चीनबाट सात हजार चार सय ९४ जना पर्यटक नेपाल भित्रिएका छन् ।

    बङ्गलादेशबाट तीन हजार आठ सय ५७, बेलायतबाट एक हजार नौ सय ६९, अष्ट्रेलियाबाट एक हजार पाँच सय ८९, भुटानबाट एक हजार ६६, मलेसियाबाट एक हजार १४, जापानबाट नौ सय ५३ र दक्षिण कोरियाबाट आठ सय ७५ जना भित्रिएको पर्यटन बोर्डले जनाएको छ ।

    कोरोना महामारीभन्दा पहिले सन् २०१९ को जुनमा नेपालमा ७४ हजार आठ सय ८३ विदेशी पर्यटक आएका थिए । सन् २०२४ सुरु भएयता नेपालमा पाँच लाख ८३ हजार १६ पर्यटक भित्रिएका छन् ।

    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट