images

Oct 18 2024 | २०८१, कात्तिक २ गते

बैठक लाइभ नगरेपछि रास्वपा महामन्त्री ढकालले गरे मुखमा टेप टाँसेर विरोध 

बैठक लाइभ नगरेपछि रास्वपा महामन्त्री ढकालले गरे मुखमा टेप टाँसेर विरोध 

एभरेष्ट हेडलाइन्स
बुधबार, असार १९ २०८१
एभरेष्ट हेडलाइन्स
बुधबार, असार १९ २०८१
  • बैठक लाइभ नगरेपछि रास्वपा महामन्त्री ढकालले गरे मुखमा टेप टाँसेर विरोध 

    राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री डा.मुकुल ढकाल केन्द्रीय समिति बैठकमा मुखमा कालो टेप टाँसेर उपस्थित भएका छन् । 

    images
    images
    images

    केन्द्रीय समितिको बैठक लाइभ नगर्ने निर्णयको विरोधमा महामन्त्री ढकाल बैठकमा मुखमा कालो टेप टाँसेर उपस्थित भएका हुन् । 

    केन्द्रीय कमिटीको बैठक अहिले पार्टी कार्यालय चःमतिमा जारी छ। बैठक बिहान साढे आठ बजेदेखि सुरू भएको हो। उनले केन्द्रीय कमिटीको बैठक लाइभ गर्न माग गरेका थिए। तर सभापति रवि लामिछानेले सुनावाइ नगरेको उनको आरोप छ।

    ‘बैठक लाइभ नगर्ने निर्णय गरिएकाले आफ्नो लोकतान्त्रिक अधिकार, बोल्न पाउने अधिकार हनन् भएकाले पार्टी बैठकमा मुखमा कालो टेप लगाएर उपस्थिति जनाइराखेको छु,’ उनले भनेका छन्।

    महामन्त्री ढकालले ३९ जिल्ला घुमेर पार्टी संकटपूर्ण अवस्थामा रहेको प्रतिवेदन पार्टी सभापति रवि लामिछानेलाई बुझाएका थिए।

    महामन्त्री ढकालले बुझाएको ३२ पृष्ठ लामो प्रतिवेदनमा पार्टीको जनाधार खस्कँदै गएको र यस्तै अवस्था रहे आउँदो निर्वाचनमा राष्ट्रिय पार्टी बन्नसमेत कठिन हुने निष्कर्ष प्रस्तुत गरिएको छ।

    त्यसपछि रास्वपाले केन्द्रीय कमिटी बैठक डाकेर प्रतिवेदनमाथि छलफल थालेको हो।

     

    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट