Nov 28 2024 | २०८१, मंसिर १३ गते

images

थप कानुन संशोधन गर्दै लगानीको वातावरण बनाउनुपर्छ : अध्यक्ष ढकाल

थप कानुन संशोधन गर्दै लगानीको वातावरण बनाउनुपर्छ : अध्यक्ष ढकाल

एभरेष्ट हेडलाइन्स
बिहीबार , मंसिर १३ २०८१
एभरेष्ट हेडलाइन्स
बिहीबार , मंसिर १३ २०८१
  • थप कानुन संशोधन गर्दै लगानीको वातावरण बनाउनुपर्छ : अध्यक्ष ढकाल

    काठमाडौँ। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले लगानीका निम्ति अझै केही कानुन संशोधन गर्न जरुरी रहेको बताएका छन् । बिहीबार काठमाडौंमा आयोजित ‘प्लास्ट नेपाल २०२४’ मा उनले गएको वैशाखमा लगानी सम्मेलनको समयमा एकैपटक अध्यादेशमार्फत कानुन संशोधन गरिए पनि तिनको नियमावली र कार्यविधि तयार नभएकाले कार्यान्वयन हुन नसकेको गुनासो गरे ।

    images
    images
    images

    उनले हाल निजी क्षेत्रमा अन्तःशुल्क, उत्पादित सामग्री खेर जाने र मूल्यलगायत समस्या रहेकाले यसको व्यावहारिक निर्णय गरेर समयमै सम्बोधन गर्नुपर्नेमा जोड दिए ।

    उनले भने, “सरकार र निजी क्षेत्रको सक्रियतामा लगानी सम्मेलन सम्पन्न भयो, कानुनहरू संशोधन भए । तर, तिनको नियमावली र कार्यविधि तयार नभएको अवस्था छ । त्यो चिजलाई सम्बोधन आवश्यक छ । चाहे आन्तरिक होस् वा बाह्य लगानी भित्र्याउनका लागि होस्, कतिपय कानुन अझै परिवर्तन गर्नुपर्नेछ ।”

    वर्तमान सरकारले निजी क्षेत्रलाई प्राथमिकता दिएर व्यवसायीलाई पनि राखेर छलफल गरिरहेको भन्दै उनले यसलाई स्वागतका रूपमा लिइएको बताए । उच्चस्तरीय आर्थिक सुधार आयोग गठन गरेर निजी क्षेत्रलाई पनि सहभागी गराएकामा उनले धन्यवाद दिए । उनले व्यवसायीलाई प्राथमिकताअनुसार लगानी प्रभावित गरेका कानुनका बारेमा सुझाव दिन पनि आह्वान गरे । ती समस्या समाधान गरेमा छोटो समयमा आर्थिक सुधार गर्न सकिने उनको भनाइ थियो ।

    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार