images

Oct 06 2024 | २०८१, असोज २० गते

राष्ट्रपति पौडेलद्वारा जगन्नाथ रथयात्रा शुभारम्भ

राष्ट्रपति पौडेलद्वारा जगन्नाथ रथयात्रा शुभारम्भ

एभरेष्ट हेडलाइन्स
आइतबार, असार २३ २०८१
एभरेष्ट हेडलाइन्स
आइतबार, असार २३ २०८१
  • राष्ट्रपति पौडेलद्वारा जगन्नाथ रथयात्रा शुभारम्भ

    काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल अन्तर्राष्ट्रिय कृष्ण भावनामृत सङ्घ (इस्कोन) द्वारा  आयोजित  जगन्नाथ रथयात्रा महोत्सवको शुभारम्भ गरेका छन् ।
      
    राष्ट्रपति पौडेलले कमलादीस्थित नेपाल प्रज्ञा–प्रतिष्ठान परिसरमा आज आयोजित एक समारोहमा महोत्सवको शुभारम्भ गरेका हुन् । सो अवसरमा राष्ट्रपति पौडेलले भगवान् जगन्नाथको पूजाअर्चना गरेको थियो ।
     
    इस्कोनले प्रत्येक वर्ष आषाढ शुक्ल द्वितीयाका दिन काठमाडौँमा रथयात्रा गर्दै आएको छ । द्वापरयुगमा गोपिनीहरुले द्वारकाबाट श्रीकृष्णलाई रथयात्रा गरी वृन्दावन लगेको सम्झनामा नेपालमा सन् १९७७ देखि यो यात्रा गर्न थालिएको इस्कोनका सचिव रुपेश्वर गौरवदासले राससलाई जानकारी दिए । आजका दिन नेपाललगायत एक सय ६५ देशमा रथ यात्रा आयोजना गरिएको उनले सुनाए।

    images
    images
    images

    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट