images

Oct 06 2024 | २०८१, असोज २० गते

एक करोड ८९ लाख बराबरका सामान बरामद

एक करोड ८९ लाख बराबरका सामान बरामद

एभरेष्ट हेडलाइन्स
सोमबार, असार २४ २०८१
एभरेष्ट हेडलाइन्स
सोमबार, असार २४ २०८१
  • एक करोड ८९ लाख बराबरका सामान बरामद

    पर्सा । पर्सा प्रहरीले बिलबिजनक नभएको रु एक करोड  ८९ लाख ५० हजार छ सय २२ मूल्य बराबरका सामानसहित दुई वटा ट्रक नियन्त्रणमा लिएको छ ।

    images
    images
    images

    जिल्ला प्रहरी कार्यालयबाट खटिएका प्रहरीले वीरगञ्ज महानगरपालिका–२५ स्थित एकीकृत जाँचचौकी नजिकै सडकमा रोकिराखेका दुई वटा ट्रकबाट हार्डवेयर र मोटरपार्टस् बरामद गरेको हो । 

    जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दीपक भारतीले दुई वटा मालबाहक ट्रकबाट बरामद भएका हार्डवेयर र मोटरपार्टस् आजै कानुनी प्रक्रिया पु-याएर राजस्व अनुसन्धान कार्यालय पथलैयामा बुझाएको बताए ।
     
    प्रहरीले ना ६ ख ४०५८ र ना ३ ख १८७ नं को दुई वटा ट्रकबाट सो समान बरामद गरेको हो । 

    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार