images

Jul 24 2024 | २०८१, साउन ९ गते

कञ्चनपुरमा बाढीमा डुबेर दुई किशोरीको मृत्यु, एक बेपत्ता

कञ्चनपुरमा बाढीमा डुबेर दुई किशोरीको मृत्यु, एक बेपत्ता

एभरेष्ट हेडलाइन्स
सोमबार, असार २४ २०८१
एभरेष्ट हेडलाइन्स
सोमबार, असार २४ २०८१
  • कञ्चनपुरमा बाढीमा डुबेर दुई किशोरीको मृत्यु, एक बेपत्ता

    कञ्चनपु । कञ्चनपुरमा बाढीमा डुबेर दुई किशोरीको मृत्यु भएको छ । बाढीमा डुबेर एक किशोरी बेपत्ता भएकी छिन् । 

    images

    पुनर्वास नगरपालिका–५ रातोखालीकी १५ वर्षीया सृजना बोगटी र १५ वर्षीया लक्ष्मी बोगटीको आज दिउँसो घर नजिकै डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक चक्रराज जोशीले जानकारी दिए । सृजना र लक्ष्मीको शव भेटिएको छ भने आरतीको अवस्था अज्ञात छ । उनीहरुसँगै रहेकी १२ वर्षीया अञ्जली बोगटी भने बाँच्न सफल भएकी छिन् । प्रहरीले आरतीको खोजी गरिरहेको छ । 

    चारैजना गाउँमा एउटा टोलबाट अर्को टोल जाँदै गर्दा बाटोमा बाढीमा डुबेका प्रहरीले जनाएको छ । दुई दिनदेखि लगातार वर्षा हुँदा कञ्चनपुरको अधिकाकांश क्षेत्र डुबानमा परेको छ । बाटाघाटा सबै डुबानमा परेकाले घर बाहिर निस्किन सकिने अवस्था छैन । 

    यसअघि आइतबार घरभित्र बाढी पस्दा डुबेर कृष्णपुर नगरपालिका–१ पहरियामा सात महिनाको सोनु धानुकको मृत्यु भएको थियो भने बेल्डाँडी गाउँपालिका–३ वैवाहका २३ वर्षीय डम्बर चौधरी चौधर नदीको बाढीमा बगेर बेपत्ता भएका थिए । 

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार