Nov 21 2024 | २०८१, मंसिर ६ गते

images

४१ पुल बाढीमा बगे, १० करोड बढीको क्षति

४१ पुल बाढीमा बगे, १० करोड बढीको क्षति

एभरेष्ट हेडलाइन्स
मंगलबार, असार २५ २०८१
एभरेष्ट हेडलाइन्स
मंगलबार, असार २५ २०८१
  • ४१ पुल बाढीमा बगे, १० करोड बढीको क्षति

    काठमाडौँ । अविरल वर्षाका कारण देशका विभिन्न भागमा बाढीपहिरोलगायत विपद्का घटनामा परेर हालसम्म ७८ जनाले ज्यान गुमाएका छन भने रु १० करोडभन्दा बढीको क्षति भएको छ । 

    images
    images
    images

    प्रहरी प्रधान कार्यालयका अनुसार गत जेठ २८ गतेदेखि हालसम्म देशका विभिन्न स्थानमा आएको बाढीपहिरामा परेर  ७८ जनाको मृत्यु भएको हो ।

    जेठ २८ देखि आज विहानसम्म बाढीपहिरा परेर ९० जनाघाइते र पाँचजना वेपत्ता भएका छन् । 
    बाढीपहिराका कारण तीन सय ८१ पशु चौपायको मरेका, ९८ गोठमा क्षति भएको, पाँच सय ९५ घर विस्थापित भएका छन् । विपद् व्यवस्थापनका निम्ति पाँच हजार ४१ प्रहरी परिचालन गरिएको छ ।

    बाढीपहिरोले एक विद्यालय र दुई सरकारी भवनमा क्षति पुगेको छ भने ४१ वटा पुल बगाएको छ । यस्तै, एक सय ६१ घर डुबानमा परेका र एक सय १६ रोपनी जग्गा पुरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

    अविरल वर्षाका कारण देशभर एक हजार २८ घटना भएका र त्यसबाट  रु १० करोड १८ लाख ८५ हजार सात सय बराबरको क्षति पुगेको प्रहरीले जनाएको छ । 
      

    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट