images

Oct 18 2024 | २०८१, कात्तिक २ गते

सिमलताल बस दुर्घटनामा परेकाहरूको खोजी कार्यलाई तीव्रता दिन प्रधानमन्त्रीको निर्देशन

सिमलताल बस दुर्घटनामा परेकाहरूको खोजी कार्यलाई तीव्रता दिन प्रधानमन्त्रीको निर्देशन

एभरेष्ट हेडलाइन्स
आइतबार, असार ३० २०८१
एभरेष्ट हेडलाइन्स
आइतबार, असार ३० २०८१
  • सिमलताल बस दुर्घटनामा परेकाहरूको खोजी कार्यलाई तीव्रता दिन प्रधानमन्त्रीको निर्देशन

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चितवनको सिमलतालमा बस दुर्घटनापछि बेपत्ता भएका यात्रुको खोजी कार्यलाई तीव्रता दिन निर्देशन दिएका छन्। उनले आज तीनवटै सुरक्षा अङ्गका प्रमुखलाई आफ्नो निजी निवास खुमलटारमा बोलाएर उक्त निर्देशन दिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

    images
    images
    images

    प्रधानमन्त्री प्रचण्डले सिमलताल लगायत देशभरका दुर्घटनामा जोखिम मोलेर खोज, राहत र उद्दारमा संलग्न सुरक्षाकर्मीलाई धन्यवाद व्यक्त गरेका छन् । उक्त अवसरमा उनले सिमलताल लगायत देशका विभिन्न भागमा बाढी, पहिरो, डुबान लगायतका प्राकृतिक विपत्तिको कारण भएको जनधनको क्षतिप्रति दुख व्यक्त गरे ।

    साथै, देशको राजनीतिक परिस्थिति जे जस्तो भएतापनि देशको स्थायी सरकारको रूपमा रहेको कर्मचारीतन्त्र र सुरक्षा निकायले अविचलित र अभिछिन्नरूपमा जनताको सेवामा लागि पर्न उनले आग्रह गरेका छन् ।

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार