Sep 08 2024 | २०८१, भदौ २३ गते

सङ्खुवासभामा पहिरोमा परी दुईजनाको मृत्यु, एक गम्भीर घाइते

सङ्खुवासभामा पहिरोमा परी दुईजनाको मृत्यु, एक गम्भीर घाइते

एभरेष्ट हेडलाइन्स
मंगलबार, साउन १ २०८१
एभरेष्ट हेडलाइन्स
मंगलबार, साउन १ २०८१
  • सङ्खुवासभामा पहिरोमा परी दुईजनाको मृत्यु, एक गम्भीर घाइते

    सङ्खुवासभा । सङ्खुवासभाको सिलिचोङ गाउँपालिका–१ सिसुवाखोलामा पहिरोमा पुरिएर एकै परिवारका दुई जनाको मृत्यु भएको छ ।

    images
    images

    पहिरोमा परी ५५ वर्षीया मोतिमाया राई र २५ वर्षीया समीक्षा राईको मृत्यु भएको सिलिचोङ गाउँपालिका अध्यक्ष भूपालराज मेहवाहाङले जानकारी दिए । 

    पहिरोसँगै खसेको विशाल ढुङ्गाले किचेर ५५ वर्षीया मोतिमाया र उनकी बुहारी समीक्षाको मृत्यु भएको गाउँपालिका अध्यक्ष मेवाहाङले बताए ।

    ढुङ्गाले किचेर २९ वर्षीया रविना राई गम्भीर घाइते भएको छ । उनलाई उपचारका लागि नेपाली सेनाको हेलिकप्टरमार्फत काठमाडौँ लैजाने तयारी भइरहेको प्रमुख जिल्ला अधिकारी ध्रुवबहादुर खड्काले बताए । 

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट