Sep 08 2024 | २०८१, भदौ २३ गते

वीरगञ्ज महानगरले एञ्जल बस चालकका छोराछोरीको अध्ययनको जिम्मेवारी लिने

वीरगञ्ज महानगरले एञ्जल बस चालकका छोराछोरीको अध्ययनको जिम्मेवारी लिने

एभरेष्ट हेडलाइन्स
बुधबार, साउन २ २०८१
एभरेष्ट हेडलाइन्स
बुधबार, साउन २ २०८१
  • वीरगञ्ज महानगरले एञ्जल बस चालकका छोराछोरीको अध्ययनको जिम्मेवारी लिने

    पर्सा । वीरगञ्ज महानगरपालिकाले सिमलताल पहिरोमा पररी हराइरहेका एञ्जल बसका चालक जवाहीर महतोको तीनजना छोराछोरीको अध्ययनको सम्पूर्ण जिम्मेवारी लिने भएको छ । 

    images
    images

    आज  बिहान वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले एञ्जल बसका चालक जवाहीर महतोको परिवारसँग भेट गरे ।

    “बालबालिकाको अध्ययनको सम्पूर्ण जिम्मेवारी महानगरले लिनेछ”, नगरप्रमुख सिंहले भने, “जवाहीरको परिवारको जीविकोपार्जनका लागि आवश्यक व्यवस्था मिलाउन महानगरले योजना बनाएर कायाृन्वयन गर्नेछ ।” जवाहीरका एक छोरी र दुई छोरा छन् । महतोले चलाएको बागमती प्रदेश ०३ ०१–०० ख १५१६ नम्बरको एञ्जल डिलक्स रात्रि बस गत शुक्रबार बिहानीपख भरतपुर महानगरपालिका–२९ सिमलताल नजिकै पहिरोमा परेर त्रिशुली नदाी खसेको थियो ।
     
    नगरप्रमुख सिंहले आजै एञ्जल बसमा सवार भएर दुर्घटनामा परेका अन्य परिवारका सदस्यलाई पनि भेट गर्दै महानगर पीडित परिवारको साथमा रहेको बताएका थिए ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट