images

Oct 18 2024 | २०८१, कात्तिक २ गते

पर्यटन व्यवसायी श्रेष्ठको निधन

पर्यटन व्यवसायी श्रेष्ठको निधन

एभरेष्ट हेडलाइन्स
बिहीबार , साउन ३ २०८१
एभरेष्ट हेडलाइन्स
बिहीबार , साउन ३ २०८१
  • पर्यटन व्यवसायी श्रेष्ठको निधन

    काठमाडौँ । वरिष्ठ पर्यटन व्यवसायी अम्बिका श्रेष्ठको ९२ वर्षको उमेरमा निधन भएको छ । द्वारिका होटल एन्ड रिसोर्टकी अध्यक्षसमेत रहेकी श्रेष्ठको ललितपुरको मेडिसिटी अस्पतालमा उपचारका क्रममा आज निधन भएको उनको परिवारले जनाएको छ । निमोनिया र बाथ रोगबाट पीडित श्रेष्ठ दुई महिनादेखि उपचाररत थिइन् ।  

    images
    images
    images

    विगत ६५ वर्षदेखि होटल तथा पर्यटन व्यवसायमा सक्रिय श्रेष्ठले सन् १९९१ देखि पूर्णरूपमा द्वारिकाजको जिम्मेवारी सम्हाल्दै आएकी थिइन् । होटल तथा पर्यटन व्यवसायी श्रेष्ठले चार वर्षअघि क्यान्सर रोगलाई जितेकी थिइन्। उनका दुई छोरी छन् ।

    उनको श्रीमान् र छोराको यसअघि निधन भइसकेको छ । होटल सङ्घ नेपालका अध्यक्ष विनायक शाहले मुलुकको पर्यटन तथा होटल व्यवसायको क्षेत्रमा उल्लेखनीय योगदान पु¥याएकी श्रेष्ठको निधनबाट यस क्षेत्रलाई अपूरणीय क्षति पुगेको बताएको छ । 

    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार