Sep 08 2024 | २०८१, भदौ २३ गते

लुम्बिनीका नवनियुक्त मुख्यमन्त्री आचार्यको शपथ बुधबार

लुम्बिनीका नवनियुक्त मुख्यमन्त्री आचार्यको शपथ बुधबार

एभरेष्ट हेडलाइन्स
मंगलबार, साउन ८ २०८१
एभरेष्ट हेडलाइन्स
मंगलबार, साउन ८ २०८१
  • लुम्बिनीका नवनियुक्त मुख्यमन्त्री आचार्यको शपथ बुधबार

    दाङ । लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री चेतनारायण आचार्यको शपथ तथा पदभार ग्रहण बुधबार हुने भएको छ । 

    images
    images

    प्रदेश प्रमुख कार्यालयका प्रवक्ता धर्मा अर्याल बेलबासेका अनुसार बुधबार बिहान ८.३० बजे शपथ तथा पदभार ग्रहण कार्यक्रम तय गरिएको छ । बुटवलस्थित प्रदेश प्रमुखको कार्यालयमा शपथग्रहण हुने भएको हो ।  

    कांग्रेस र एमालेका ५६ सांसदको समर्थनमा एमाले संसदीय दलका उपनेता आचार्यलाई सोमबार मुख्यमन्त्री नियुक्त गरिएको हो ।

    प्रदेश प्रमुख अमिक शेरचनले अर्घाखाँची क्षेत्र नं १ (१) बाट निर्वाचित आचार्यलाई मुख्यमन्त्री नियुक्त गरेका हुन् । संसद्मा एमालेका २९ र कांग्रेसका २७ सांसद छन् । 

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट