Sep 17 2024 | २०८१, असोज १ गते

नीतिगत सुधारसहित पर्यटन क्षेत्रलाई चलायमान बनाउछौँ : पर्यटनमन्त्री

नीतिगत सुधारसहित पर्यटन क्षेत्रलाई चलायमान बनाउछौँ : पर्यटनमन्त्री

एभरेष्ट हेडलाइन्स
बुधबार, साउन १६ २०८१
एभरेष्ट हेडलाइन्स
बुधबार, साउन १६ २०८१
  • नीतिगत सुधारसहित पर्यटन क्षेत्रलाई चलायमान बनाउछौँ : पर्यटनमन्त्री

    काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले आवश्यक नीतिगत सुधारसहित पर्यटन क्षेत्रलाई चलायमान बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् । 

    images
    images

    पर्यटनमन्त्री पाण्डेको स्वागतका लागि नेपाल पर्यटन बोर्डले आज यहाँ आयोजना गरेको कार्यक्रममा मन्त्री पाण्डेले पर्यटन क्षेत्रको विकासका लागि नीतिगत र संरचनागत सुधार गर्न मन्त्रालय तयार रहेको बताए ।

    उनले सार्वजनिक निजी साझेदारीको बोर्डलाई प्रभावकारी ढङ्गले सञ्चालन गर्दै पर्यटनलाई चलायमान बनाउन निर्देशन दिए । 

    नेपालमा पर्यटनको अथाहा सम्भावना रहेको उल्लेख गर्दै मन्त्री पाण्डेले पर्यटनका लागि प्रकृतिले दिएको अद्धितीय सम्भावनाको सदुपयोग गर्दै नेपालको आर्थिक समृद्धिमा पर्यटनको योगदानलाई बढाउनुपर्नेमा जोड दिए । उनले पर्यटनलाई थप चलायमान बनाउन अल्पकालीन, मध्यकालीन तथा दीर्घकालीन रणनीति आवश्यक भएको बताए ।
        
    मन्त्री पाण्डेलाई पर्यटन मन्त्रालयका सचिव एवं बोर्डका अध्यक्ष डा गणेशप्रसाद पाण्डे, बोर्डका उपाध्यक्ष कमल सापकोटा, निमित्त कार्यकारी प्रमुख हिक्मतसिंह ऐर, बोर्ड सञ्चालक समिति सदस्यलगायतलले स्वागत गरेका थिए ।

    बोर्डका निमित्त कार्यकारी प्रमुख ऐरले बोर्डको गतिविधिबारे जानकारी गराउदै कतिपय नीतिगत समस्याका कारण बोर्डले विदेशका आयोजना गरिने कार्यक्रम गर्न नसकेको बताए ।

    उनले नीतिगत तथा प्रक्रियागत सहजीकरण हुनासाथ विदेशमा गरिने कार्यक्रमलाई थप प्रभावकारी बनाउन सकिने भन्दै त्यसका लागि सहजीकरण गरिदिन मन्त्री पाण्डे समक्ष आग्रह गरे ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार