Nov 21 2024 | २०८१, मंसिर ६ गते

images

एमाले उपाध्यक्ष बरालसहित मनोनीत केन्द्रीय सदस्यले लिए शपथ

एमाले उपाध्यक्ष बरालसहित मनोनीत केन्द्रीय सदस्यले लिए शपथ

एभरेष्ट हेडलाइन्स
आइतबार, साउन २० २०८१
एभरेष्ट हेडलाइन्स
आइतबार, साउन २० २०८१
  • एमाले उपाध्यक्ष बरालसहित मनोनीत केन्द्रीय सदस्यले लिए शपथ

    काठमाडौँ । नेकपा एमालेका नवनियुक्त उपाध्यक्ष गुरु बरालसहित मनोनीत १७ जना केन्द्रीय सदस्यले शपथ लिएका छन् । आइतबार पार्टी मुख्यालयमा पार्टी अध्यक्ष केपी शर्मा अ‍ोलीले उनीहरुलाई शपथ दिलाएका हुन् ।

    images
    images
    images

    बिहीबार बसेको एमाले सचिवालय बैठकले बराललाई उपाध्यक्षमा मनोनीत गरेको थियो । गत साउन १७ गते बसेको एमाले केन्द्रीय सचिवालय बैठकले सुवास कर्माचार्य (सिन्धुपाल्चोक), कुन्दन कुशवाह (रौतहट) जितेन्द्र देव (सुनसरी),रामपृत राम (सिराहा), कृष्णभक्त पोखरेल (चितवन), कमलकृष्ण तिमिल्सिना (अछाम) ,गोविन्द पुन (सल्यान) केदार सिग्देल (तनहुँ) र मनमोहन पौडेल (पर्वत) लाई केन्द्रीय सदस्यमा मनोनीत गरेको थियो ।

    त्यसैगरी भरदेव जोशी (दार्चुला) ,हरि उप्रेती (सर्लाही), इन्द्र भण्डारी (झापा), महेश बर्तौला (मकवानपुर),सरिता भुसाल (किसान महासंघ), प्रभा बराल (कास्की),मञ्जु शर्मा चालिसे (बागलुङ) र आशा जवेगु (पाँचथर) पनि एमाले केन्द्रीय सदस्यमा मनोनीत भएका थिए । 

    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट