Sep 19 2024 | २०८१, असोज ३ गते

बागमती नदीमा जलसतह बढिरहेकाले उच्च सतर्कता अपनाउन अनुरोध

बागमती नदीमा जलसतह बढिरहेकाले उच्च सतर्कता अपनाउन अनुरोध

एभरेष्ट हेडलाइन्स
मंगलबार, साउन २२ २०८१
एभरेष्ट हेडलाइन्स
मंगलबार, साउन २२ २०८१
  • बागमती नदीमा जलसतह बढिरहेकाले उच्च सतर्कता अपनाउन अनुरोध

    काठमाडौँ । काठमाडौँ उपत्यकाका नदीमा जलसतह सतर्कता पार गरेकाले उच्च सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले अनुरोध गरेको छ । 

    images
    images

    विभागले मोबाइलमा सन्देश पठाएर काठमाडौँ उपत्यकास्थित बागमती नदीको गौरीघाट, खोकना र मनोहरा जलमापन केन्द्रमा हालको जलसतह सतर्कता तह पार गरेको तथा बढ्दो क्रममा रहेकाले सर्तकता अपनाउन अनुरोध गरेको हो ।

    नदीको पानी सडक किनार र बस्तीसम्म आउनसक्ने भएकाले नदीको तटीय क्षेत्रमा यात्रा गर्ने र रहनेले बेलुका ५ बजेसम्म उच्च सतर्कता अपनाउन अनुरोध गरिएको छ ।

    विभागले यसअघि बिहान बिहान ३ बजेर ३०  मिनेटमा पनि उपत्यकाको मनोहरा जलमापन केन्द्रमा जलसतह बढ्दो रहेको र सतर्कता तह नजिक पुगेकाले उपत्यकाको नदी तटीय क्षेत्रमा रहने तथा नदी किनारको सडकबाट यात्रा गर्नेहरुले उच्च सतर्कता अपनाउन अनुरोध गरेको थियो ।

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार