Sep 19 2024 | २०८१, असोज ३ गते

नेपाली दूतावास बेलायतले भन्यो–प्रदर्शन र हुलदङ्गामा सहभागी नहुनू 

नेपाली दूतावास बेलायतले भन्यो–प्रदर्शन र हुलदङ्गामा सहभागी नहुनू 

एभरेष्ट हेडलाइन्स
बुधबार, साउन २३ २०८१
एभरेष्ट हेडलाइन्स
बुधबार, साउन २३ २०८१
  • नेपाली दूतावास बेलायतले भन्यो–प्रदर्शन र हुलदङ्गामा सहभागी नहुनू 

    काठमाडौँ । केही दिनदेखि बेलायतका विभिन्न शहरमा भइरहेको प्रदर्शन र हुलदङ्गामा सहभागी नहुन बेलायतमा रहेको नेपाली दूतावासले अनुरोध गरेको छ ।

    images
    images

    दूतावासले बेलायतमा रहेका एवम् बेलायत भ्रमण गर्न लागेका सम्पूर्ण नागरिकलाई प्रदर्शन र हुलदङ्गा भएको ठाउँमा भ्रमण नगर्न र प्रदर्शनमा सहभागी नहुन अनुरोध गरेको हो ।

    लन्डनमा रहेको नेपाली राजदूतावासले एक सूचना निकालेर बेलायतको वर्तमान अवस्थालाई नजिकबाट नियालिरहेको उल्लेख गरेको छ ।

    uk-embassy.jpg

    साथै सम्पूर्ण नेपाली नागरिकलाई आवश्यक सुरक्षा सतर्कता अपनाउन एवम् स्थानीय सञ्चारमाध्यम तथा सुरक्षा निकायले जारी गरेका सूचनाहरूलाई ध्यानपूर्वक पालना गर्न अनुरोध गरेको छ ।

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार