Sep 19 2024 | २०८१, असोज ३ गते

कार्यदलले बुझायो शीर्ष नेतालाई टीआरसीसम्बन्धी प्रतिवेदन

कार्यदलले बुझायो शीर्ष नेतालाई टीआरसीसम्बन्धी प्रतिवेदन

एभरेष्ट हेडलाइन्स
बुधबार, साउन २३ २०८१
एभरेष्ट हेडलाइन्स
बुधबार, साउन २३ २०८१
  • कार्यदलले बुझायो शीर्ष नेतालाई टीआरसीसम्बन्धी प्रतिवेदन

    काठमाडौँ । संक्रमणकालीन न्यायसम्बन्धी विधेयक (टीआरसी)मा सहमति जुटाउन गठित कार्यदलले सहमति जुटाएर तयार पारेको प्रतिवेदन शीर्ष नेतालाई बुझाएको छ ।

    images
    images

    सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कार्यदलका संयोजक गृहमन्त्री रमेश लेखकले उक्त प्रतिवेदन बुझाएका हुन् ।

    कार्यदल सदस्यहरूको सहमतिसहितको लिखित प्रतिवेदन एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी अध्यक्ष पुष्पकमल दाहाललाई संयुक्त रुपमा बुझाइएको छ ।

    शीर्ष नेताले प्रतिवेदन अध्ययन गरेर आवश्यक सुझाव दिएपछि समितिमार्फत् अघि बढाएर जारी संसद् अधिवेशनबाटै विधेयक पारित गर्ने तयारी छ ।

    विधेयकमा सहमति जुटाउन एमालेबाट महेश बर्तौला, कांग्रेसबाट गृहमन्त्री समेत रहेका नेता रमेश लेखक र माओवादी केन्द्रका नेता जनार्दन शर्मा रहेको कार्यदल गठन भएको थियो ।

    गत बिहीबार कार्यदलका सदस्यसहित संसदीय समितिका सभापति, कानूनमन्त्रीबीच भएको छलफलमा विवादित सबै विषयमा सहमति जुटेको थियो । सहमति जुटेसँगै सङ्क्रमणकालीन न्याय टुङ्गोमा पुर्‍याउन बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन (टीआरसी), २०७१ लाई संशोधन गर्न बनेको विधेयक अघि बढाउन बाटो खुलेको छ ।

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार