Sep 17 2024 | २०८१, असोज १ गते

अपमानित भएर देश छाडिन्छ भन्ने विश्वासै गरेकी थिइनन् हसिनाले

अपमानित भएर देश छाडिन्छ भन्ने विश्वासै गरेकी थिइनन् हसिनाले

एभरेष्ट हेडलाइन्स
बुधबार, साउन २३ २०८१
एभरेष्ट हेडलाइन्स
बुधबार, साउन २३ २०८१
  • अपमानित भएर देश छाडिन्छ भन्ने विश्वासै गरेकी थिइनन् हसिनाले

    ढाका । बंगलादेशमा उग्र विरोध प्रदर्शनका बिचमा प्रधानमन्त्रीको पदबाट राजीनामा दिएर भारत पुगेकी शेख हसिनाले अब कहाँ जाने भनेर नसोचेको बताइएको छ । जर्मन भाषाको पत्रिका दोयचे वेलेसँगको अन्तरवार्तामा हसिनाको छोरा सजीव वाजिद जोयले यस्तो बताएको भन्दै बंगलादेशको अंग्रेजी भाषाको पत्रिका ‘द डेली स्टार’ ले समाचार छापेको छ ।

    images
    images

    आफू र आफ्ना परिवारले जसका लागि यति धेरै काम गर्‍यो उनीहरूले नै आफूमाथि आक्रमण गरेको र यसरी अपमानित भएर देश छाड्नु परेकोमा आमाले विश्वासै गर्न नसकेको पनि जोयले बताएका छन् । हसिनाले अमेरिका र बेलायतमा शरण लिन खोजिन् तर ती देशले हसिनालाई शरण दिन नमानेको चर्चा पनि सुनिएको छ ।  

    यसैबारेमा सोधिएको प्रश्नमा उनले यी सबै अफवाह मात्रै भएको र हसिनाले अहिलेसम्म कहाँ जाने भन्नेबारे कुनै निर्णय नगरेको जोयले बताएका छन् । अरू केही समय हसिना दिल्लीमै बस्ने पनि उनले बताए । दिल्लीमा आमा एक्लै नभएको, उनको साथमा आफ्नो बहिनी छिन् भनेर पनि जोयले भनेका छन् । यो भिडियो अन्तरवार्ता दोयचे वेलेको फेसबुक पेजमा मध्यराति अपलोड भएको थियो । 

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार