Sep 17 2024 | २०८१, असोज १ गते

शेख हसिना र उनकी बहिनीलाई पक्राउ गरी सुपुर्दगी गर्न भारतसँग आग्रह

शेख हसिना र उनकी बहिनीलाई पक्राउ गरी सुपुर्दगी गर्न भारतसँग आग्रह

एभरेष्ट हेडलाइन्स
बुधबार, साउन २३ २०८१
एभरेष्ट हेडलाइन्स
बुधबार, साउन २३ २०८१
  • शेख हसिना र उनकी बहिनीलाई पक्राउ गरी सुपुर्दगी गर्न भारतसँग आग्रह

    ढाका । बङ्गलादेश सर्वोच्च अदालत बार एसोसिएसन (एससीबीए)का अध्यक्ष एएम महबुब उद्दीन खोकनले विद्यार्थीको आन्दोलनको बलमा अपदस्थ प्रधानमन्त्री शेख हसिना र उनकी बहिनी शेख रेहानालाई पक्राउ गरी बङ्गलादेशलाई सुपुर्दगी गर्न भारतसँग आग्रह  गरेका छन् । 

    images
    images

    एसबीबीए सभामा बुधवार आयोजित पत्रकार सम्मेलनमा बङ्गलादेशको वर्तमान राजनैतिक अवस्थालाई सम्बोधन गर्न भन्दै उनले भारतसँग यस्तो आग्रह गरेका हुन् ।  खोकनले भारतसँग सकारात्मक सम्बन्ध कायम राख्न चाहेको बताउँदै सयौँ निर्दोष जनताको मृत्युका लागि उनीहरू जिम्मेवार रहेको र उनीहरूलाई बङ्गलादेश फिर्ता गरिनुपर्नेमा जोड दिए । बङ्लादेश नेशनलिस्ट पार्टी (बीएनपी)का संयुक्त महासचिवसमेत रहेका खोकनले बङ्गलादेशमा सङ्कटकाल घोषणाको विरोध गर्दै राजनीतिक गतिविधि र भ्रष्टाचारमा संलग्न सर्वोच्च अदालतका न्यायाधीशलाई एक हप्ताभित्र राजीनामा दिन आग्रह गरेका छन् ।

    साथै आस्थाका आधारमा बन्दी बनाइएका सबै राजनीतिक बन्दीहरूको रिहाइको माग पनि गरेका छन् ।  बङ्गलादेशमा आरक्षण (कोटा) प्रणालीको विरोध गर्दै विद्यार्थीहरूको नेतृत्वमा शुरू भएको विरोध प्रदर्शनलाई निवर्तमान सरकारको ‘अतिवादी रबैया’ देखाएको थियो । जसका कारण सो सरकारविरोधी प्रदर्शनको रूपमा परिवर्तन भएपछि अवामी लिगकी नेतृ तथा तत्कालीन प्रधानमन्त्री हसिना हेलिकप्टरमा चढी भारततर्फ जान बाध्य बनेकी छिन् । बहिनी रेहाना पनि उनीसँगै हिँडेकी छिन् ।

    यसैबीच राष्ट्रपति मोहम्मद शाहबुद्दिनले अन्तरिम सरकार गठनका लागि संसद् विघटन गरी नोबेल पुरस्कार विजेता मुहम्मद युनुसको नेतृत्वमा अन्तरिम सरकारको गठन गर्न निर्देशन दिएका छन् ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार