Sep 19 2024 | २०८१, असोज ३ गते

एअर डाइनेस्टीको हेलिकप्टर दुर्घटनामा ५ जनाकै ज्यान गएको पुष्टि

एअर डाइनेस्टीको हेलिकप्टर दुर्घटनामा ५ जनाकै ज्यान गएको पुष्टि

एभरेष्ट हेडलाइन्स
बुधबार, साउन २३ २०८१
एभरेष्ट हेडलाइन्स
बुधबार, साउन २३ २०८१
  • एअर डाइनेस्टीको हेलिकप्टर दुर्घटनामा ५ जनाकै ज्यान गएको पुष्टि

    काठमाडौँ ।  नुवाकोटको शिवपुरी गाउँपालिका– ७ सूर्यचौरमा भएको एअर डाइनेस्टीको हेलिकप्टर दुर्घटनामा पाँच जनाकै ज्यान गएको पुष्टि भएको छ ।

    images
    images

    दुर्घटनास्थलबाट चार जना विदेशी र पाइलट अरुण मल्लको शव निकालिएको नुवाकोटका प्रहरी प्रमुख प्रहरी उपरीक्षक शान्तिराज कोइरालाले उज्यालोलाई जानकारी दिए । हेलिकप्टरमा चार जना चिनियाँ र एक जना पाइलट थिए ।

    काठमाडौँबाट रसुवाको स्याप्रुबेसीका लागि उडेको एअर डाइनेस्टीको नाइन–एन एजेडी कल साइनको हेलिकप्टर उडेको तीन मिनेटमै सम्पर्कविहीन भएको थियो । नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले उज्यालोलाई दिएको जानकारीअनुसार काठमाण्डौबाट दिउँसो १ बजेर ५४ मिनेटमा उडेको एअर डाइनेस्टीको हेलिकप्टर तीन मिनेटमै सम्पर्कविहीन भएको थियो । 

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार