Sep 17 2024 | २०८१, असोज १ गते

 कृषि मन्त्री अधिकारी सँग आईफाड  निर्देशकको  भेटवार्ता , कृषिमा लगानी दशकमा सहयोग गर्न आग्रह

 कृषि मन्त्री अधिकारी सँग आईफाड  निर्देशकको  भेटवार्ता , कृषिमा लगानी दशकमा सहयोग गर्न आग्रह

एभरेष्ट हेडलाइन्स
बिहीबार , साउन २४ २०८१
एभरेष्ट हेडलाइन्स
बिहीबार , साउन २४ २०८१
  •  कृषि मन्त्री अधिकारी सँग आईफाड  निर्देशकको  भेटवार्ता , कृषिमा लगानी दशकमा सहयोग गर्न आग्रह

    काठमाडौँ ।  कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारी  र कृषि विकासका लागि अन्तर्राष्ट्रिय कोष (आईफाड) का  एसिया तथा  प्रशान्त क्षेत्रका निर्देशक रिहाना राजा वीच बुधवार सिंहदरवार स्थीत मन्त्रालयमा भेटवार्ता भएको  छ  ।  

    images
    images

    आईफाडका एशिया प्यासिफिक क्षेत्रका निर्देशक रिहना राजा र कोषका प्रतिनिधिहरुलाई मन्त्रालयमा स्वागत  गर्दे  मन्त्री अधिकारीले नेपालको कृषि क्षेत्रमा आईफाडले गर्दे आएको सहयोगका लागि आभार व्यक्त गरे   ।  

    नेपाल र आईफाड बीचको सम्बन्ध पुरानो र गहिरो रहेको उल्लेख गर्दे मन्त्री अधिकारीले  यो सम्बन्ध सद्भाव, मित्रता र आपसी समझदारीमा आधारित रहेको र सधैं सौहार्दपूर्ण रहनेछ भन्ने  आफुले विश्वास लिएको उल्लेख गरे  ।

    आईफाडको सहयोगमा कृषि मन्त्रालय अन्र्तगत हाल १ वटा आयोजना कृषि क्षेत्र विकास कार्यक्रम (ए एस डि पि) संचालनमा रहेको छ भने कोषले कृषि विकास रणनीति परिमार्जनको लागि पनि सहयोग गरेको भन्दै मन्त्री अधिकारीले यी र यस भन्दा अगाडी संचालन भएका आयोजना र सहयोगले नेपालको कृषि क्षेत्र तथा ग्रामीण अर्थतन्त्रको विकासमा उल्लेख योगदान पु-याएको चर्चा  गरे  ।  

    मन्त्री अधिकारीले सरकारले  यस  आर्थिक वर्ष देखि कृषिमा लगानी दशक घोषणा गरी सरकारी, निजी, सहकारी तथा विकास साझेदारको लगानी वृद्धि गर्ने लक्ष्य लिएको  जानकारी गराउदै उत्पादनदेखि बजारीकरणसम्मको कृषि इकोसिस्टम सुधार कार्ययोजना कार्यान्वयन गर्ने लक्ष्यमा  आईफाडबाट अवश्यक सहयोग प्राप्त हुनेछ भन्ने मैले आशा गरेको बताए । भेटमा आईफाडका निर्देशक रिहाना राजाले आगामी दिनमा पनि सहकार्यलाई जारी राख्ने  प्रतिबद्दता व्यक्त गरे ।

     

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार