Sep 19 2024 | २०८१, असोज ३ गते

बादलभित्र हेलिकप्टर छिर्दा दुर्घटना भयो : प्राधिकरण महानिर्देशक

बादलभित्र हेलिकप्टर छिर्दा दुर्घटना भयो : प्राधिकरण महानिर्देशक

एभरेष्ट हेडलाइन्स
बिहीबार , साउन २४ २०८१
एभरेष्ट हेडलाइन्स
बिहीबार , साउन २४ २०८१
  • बादलभित्र हेलिकप्टर छिर्दा दुर्घटना भयो : प्राधिकरण महानिर्देशक

    काठमाडौँ। नेपाल नागरिक उड्डन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले बादलभित्र छिरेका कारण एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना भएको बताएका छन् । बुधबार नुवाकोटको शिवपुरीमा एयर डाइनेस्टीको हेलि दुर्घटनामा पर्दा ५ जनाको ज्यान गएको थियो ।

    images
    images

    उक्त घटनाबारे छलफल गर्न आज संघीय संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठक बोलाइएको थियो । जहाँ हवाई क्षेत्रको नियमनकारी निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशकसहितका अधिकारीलाई बोलाइएको थियो । सांसद र मन्त्रीको सामुन्ने अधिकारीले दुर्घटनाको दोष पाइलटतर्फ सोझ्याएका हुन् ।

    त्यसक्रममा अधिकारीले बादलभित्र छिरेको कारण एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटनामा परेको बताए ।

    प्राधिकरणको नियमविपरित बादलभित्र विमान छिरेको उनको भनाइ छ ।

    ‘यो भीएफआर फ्लाइट हो । आँखाले हेरेर गर्ने उडान हो,’ उनले भने, ‘यस्तो उडानमा बादलभित्र छिर्न पाउँदैन ।’

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार