Sep 19 2024 | २०८१, असोज ३ गते

तयार भयो टीआरसी विधेयकको प्रतिवेदन 

तयार भयो टीआरसी विधेयकको प्रतिवेदन 

एभरेष्ट हेडलाइन्स
बिहीबार , साउन २४ २०८१
एभरेष्ट हेडलाइन्स
बिहीबार , साउन २४ २०८१
  • तयार भयो टीआरसी विधेयकको प्रतिवेदन 

    काठमाडौँ । संक्रमणकालीन न्यायसम्बन्धी टीआरसी विधेयकको प्रतिवेदन तयार भएको छ । २५ फागुन २०७९ संसदमा दर्ता भएको बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप ऐनलाई संशोधन गर्न बनेको विधेयक कानुन न्याय तथा  मानव अधिकार समितिमा विचाराधीन छ । विधेयकका विवादित विषयमा सहमति भएपछि संशोधनसहितको प्रतिवेदन तयार पारिएको हो । आज समितिमा विधेयकलाई निष्कर्षमा पुर्‍याउनका लागि छलफल भइरहेको छ ।

    images
    images

    विधेयकमा सम्बन्धमा नमिलेका ४ वटा विषयमा यसअघि कार्यदलले गरेको सहमति शीर्ष नेताले पनि बुधबार अनुमोदन गरिसकेका थिए । सहमति जुट्न नसकेको विषयमाथि छलफल र सहमति गर्न असार १३ गते कांग्रेस, एमाले र माओवादीका नेता सम्मिलित ३ सदस्यीय कार्यदल गठन गरेको थियो ।

    कार्यदलले चारवटै विवादित विषयमा सहमति जुटाएर बुधबार प्रतिवेदन बुझाएको छ । कार्यदलले मानवअधिकारको गम्भीर उल्लंघनमा नियतपूर्वक वा स्वेच्छचारीपूर्वक गरिएको हत्या (आर्बिटरी किलिङ) लाई राख्ने सहमति जुटाएको छ ।

    मानवअधिकारको गम्भीर उल्लंघनका घटनामा घटी सजाय गर्ने सहमति भएपनि आधा र कारण खुलाएर सजाय कम गर्न सकिने व्यवस्था गर्ने कि प्रतिशत तोक्ने भन्ने विवाद थियो ।

    कार्यदलले जबर्जस्ती करणी वा गम्भीर यौनजन्य हिंसाका घटना बाहेकमा २५ प्रतिशत सजायको माग दाबी गर्न सक्ने सहमति गरेको छ । 

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार