Sep 19 2024 | २०८१, असोज ३ गते

काठमाडौं उपत्यकामा जारको पानीको ४७ रुपैयाँभन्दा बढी लिन नपाइने

काठमाडौं उपत्यकामा जारको पानीको ४७ रुपैयाँभन्दा बढी लिन नपाइने

एभरेष्ट हेडलाइन्स
बिहीबार , साउन २४ २०८१
एभरेष्ट हेडलाइन्स
बिहीबार , साउन २४ २०८१
  • काठमाडौं उपत्यकामा जारको पानीको ४७ रुपैयाँभन्दा बढी लिन नपाइने

    काठमाडौँ । काठमाडौँ उपत्यकामा जारको पानीको ४७ रुपैयाँभन्दा बढी लिन नपाइने भएको छ। वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले प्रेस विज्ञप्ति जारी गरी तोकिएभन्दा बढी मोल लिएमा कारबाही गर्ने चेतावनी दिएको छ। विभागले २० लिटरको पानी भएको जारको बढीमा ४७ रुपैयाँ र बोतलको १६ रुपैयाँभन्दा बढी लिन नपाइने जनाएको छ।

    images
    images

    अहिले पानी उत्पादक कम्पनीले फरकफरक मूल्य लिने गरेका छन्। आम उपभोक्तासँग बढी मूल्य लिने गरेका छन् भने व्यवसायी प्रतिष्ठानमा सस्तोमा बिक्री गर्दै आएका छन्।यसमा पनि विभागले सचेत गराएको छ। सबै उपभोक्ताका लागि एउटै बिक्री मूल्य हुनुपर्ने जनाएको छ।

    पानी उत्पादकहरूले होटल, रेस्टुरेन्ट, व्यवसायीक फर्मसँग सम्झौता गरी उही प्रकारका गुणस्तर, नापतौल परिणामको पानीमा फरकफरक बिक्री मूल्य लगाई बजारमा पठाउने गरेको पाइएको विभागले उल्लेख गरेको छ। अबदेखि यस्तो कार्य नगर्न विभागले चेतावनी दिएको छ।

    विभागले तोकिएको मूल्यभन्दा बढी लिएमा वा फकरफरक मूल्य राखेर बिक्री गरेको भेटिएमा कारबाही गर्ने जनाएको छ।
     

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार