Sep 19 2024 | २०८१, असोज ३ गते

उपत्यकामा बिहानैदेखि चर्को घाम,दिउँसो केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना

उपत्यकामा बिहानैदेखि चर्को घाम,दिउँसो केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना

एभरेष्ट हेडलाइन्स
शुक्रबार, साउन २५ २०८१
एभरेष्ट हेडलाइन्स
शुक्रबार, साउन २५ २०८१
  • उपत्यकामा बिहानैदेखि चर्को घाम,दिउँसो केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना

    काठमाडौँ । काठमाडौँ उपत्यकामा बिहानैदेखि चर्को घाम लागेको छ । दिउँसोपख बदली भएर पानी पर्न सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    images
    images

    महाशाखाकाअनुसार देशका केही ठाउँमा आज पनि ठूलो पानी पर्ने सम्भावना छ । कोशी, बाग्मती, गण्डकी  र सुदूरपश्चिम प्रदेशमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    गएराति सिन्धुपाल्चोकमा ठूलो वर्षा भएको छ । महाशाखाकाअनुसार पछिल्लो १२ घण्टामा सिन्धुपाल्चोकको मेलम्ची घ्याङमा १४२ दशमलव ६ मिलिमिटर र तार्के घ्याङमा १३८ मिलिमिटर वर्षा भएको छ । सिन्धुपाल्चोककै भोताङमा ११३ दशमलव ८ मिलिमिटर, मानेखर्कमा १०७ दशमलव २ मिलिमिटर र ढुंगेमा ९० दशमलव ४ मिलिमिटर वर्षा भएको छ  ।

    यसैबीच सुनकोशी नदी पचुवारघाट र खुर्कोट जलमापन केन्द्रमा जलसतह सतर्कता तह नजिक रहेको र बढ्दो रहेकाले सुनकोशी नदीको तटीय क्षेत्रमा बस्नेहरुलाई दिउँसोसम्म नै सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार