Sep 19 2024 | २०८१, असोज ३ गते

दरबारमार्गको भ्वाङ परेको सडकमा फसेर इन्स्पेक्टर घाइते 

दरबारमार्गको भ्वाङ परेको सडकमा फसेर इन्स्पेक्टर घाइते 

एभरेष्ट हेडलाइन्स
शुक्रबार, साउन २५ २०८१
एभरेष्ट हेडलाइन्स
शुक्रबार, साउन २५ २०८१
  • दरबारमार्गको भ्वाङ परेको सडकमा फसेर इन्स्पेक्टर घाइते 

    काठमाडौं । टुकुचा छोपेर बनाइएको दरबारमार्ग-काठमाडौं प्लाजाबीचको सडकमा बिहीबार राति भ्वाङ पर्‍यो । 

    images
    images

    भासिएको सडकमा गहिरो खाडल परेको छ ।

    सडक भासिएपछि काठमाडौं प्लाजा क्षेत्रको सवारी आवागमन अवरुद्ध भएको छ । एकतर्फी सडक भासिएपछि प्रहरीले घेरा हालेर आवागमन बन्द गराएका छन् ।

    यसअघि पनि यसैगरी भासिएको यो सडक मर्मत गरेर सञ्चालनमा ल्याइएको थियो ।

    त्यो भ्वाङमा फसेर एक प्रहरी इन्स्पेक्टर घाइते भएका छन् । स्थानीयले बिहीबार राति सडक भासिएको खबर गरेपछि दरबारमार्गमा कार्यरत् इन्स्पेक्टर भूपेन्द्र बुढाथोकी सडकको निरीक्षणमा पुगेका थिए । सो क्रममा उनी भ्वाङमा फसेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीले बताए ।

    बूढाथोकीको निधार र हातमा चोट लागेको छ । उनलाई उपचारका लागि वीर अस्पताल लगिएको थियो । निधारमा उनलाई टाँकासमेत लगाइएको छ ।

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार