Sep 19 2024 | २०८१, असोज ३ गते

सडक भासिएपछि बालेनले भने– खोलामाथि पुल बनाउन पर्छ, घर र बाटो होइन

सडक भासिएपछि बालेनले भने– खोलामाथि पुल बनाउन पर्छ, घर र बाटो होइन

एभरेष्ट हेडलाइन्स
शुक्रबार, साउन २५ २०८१
एभरेष्ट हेडलाइन्स
शुक्रबार, साउन २५ २०८१
  • सडक भासिएपछि बालेनले भने– खोलामाथि पुल बनाउन पर्छ, घर र बाटो होइन

    काठमाडौँ । काठमाडौँ महानगपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले आवश्यकता अनुसार खोलामाथि कतै कतै पुल बनाउन पर्ने जनाएका छन् । 

    images
    images

    आज रजधानीको काठमाडौँ प्लाजा नजिकको सडक भासिएर सडक अवरुद्ध बनेको छ । दरबारमार्गस्थित महेन्द्र सालिकबाट कमलादीको कृष्ण पाउरोटी चोक निस्किने सडक खण्ड भासिएको हो । सडक भासिएको स्थानमा टुकुचा खोला पर्दछ । 

    यसै सन्दर्भमा मेयर शाहले आफ्नो सामाजिक सञ्जाल फेसबुकमा भिडियोसहित एक स्ट्याटस पोस्ट गर्दै मान्छेले खोलामाथि घर र बाटो होइन, आवश्यकता अनुसार खोलामाथि कतै कतै पुल बनाउन पर्ने जनाएका छन् । 

    उनले लेखेका छन्, ‘यो टुकुचामाथिको बाटो हो । अझै केहि घरहरू यसरी नै टुकुचा माथि रहेका छन् । काठमाडौँ महानगरले केहि समय पहिले यस्तै जोखिम देखेर खोला खुल्ला गर्न टुकुचा खोल्ने काम शुरू गरेका थियौँ । अदालती कारणले केहि रोकिन परेको थियो ।’  

    उनले भिडियो शेयर गर्दै लेखेकका छन्,

    यो टुकुचामाथिको बाटो हो । अझै केहि 
    घरहरू यसरी नै टुकुचा माथि रहेका छन् । काठमाडौँ महानगरले केहि समय पहिले यस्तै जोखिम देखेर खोला खुल्ला गर्न टुकुचा खोल्ने काम शुरू गरेका थियौँ । अदालती कारणले केहि रोकिन परेको थियो । अदालतको आदेशपछि हामीले टुकुचा खोलाको क्षेत्राधिकारभित्रका व्यक्ति विशेषका नाममा त्रुटिवश हुन गएको जग्गा कानून बमोजिम लगत कट्टा गर्नको लागि सम्बन्धित मन्त्रालयमा पत्र पठाइसकेका छौँ । सरकारले चाँडो भन्दा चाँडो लगतकट्टा गरेर उचित क्षतिपूर्ति वा मुअब्जा दिएर खोलाको अधिकार खोलालाई नै सुम्पिने वातावरण बनाउनु पर्छ । यस पश्चात खोला खोल्ने काम महानगरले तुरून्त अगाडि बढाउनेछ । 
    यति त सबैलाई थाहा हुनै पर्छ कि, मान्छेले आवश्यकता अनुसार खोलामाथि कतै कतै पुल बनाउन पर्छ, खोलामाथि घर र बाटो होइन ।

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार