Sep 19 2024 | २०८१, असोज ३ गते

प्राधिकरण ८ वर्षमा एक खर्ब रुपैयाँ पुँजीगत लगानी गर्न सक्षम, सम्पत्ति ६ खर्ब ३२ अर्ब रुपैयाँ पुग्यो

प्राधिकरण ८ वर्षमा एक खर्ब रुपैयाँ पुँजीगत लगानी गर्न सक्षम, सम्पत्ति ६ खर्ब ३२ अर्ब रुपैयाँ पुग्यो

एभरेष्ट हेडलाइन्स
शुक्रबार, साउन २५ २०८१
एभरेष्ट हेडलाइन्स
शुक्रबार, साउन २५ २०८१
  • प्राधिकरण ८ वर्षमा एक खर्ब रुपैयाँ पुँजीगत लगानी गर्न सक्षम, सम्पत्ति ६ खर्ब ३२ अर्ब रुपैयाँ पुग्यो

    काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले ८ वर्षमा मात्र करिब एक खर्ब रुपैयाँ पुँजीगत लगानी गर्न सक्षम भएको जनाएको छ ।  शुक्रबार आयोजित पत्रकार सम्मेलनमा प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विगत ८ वर्षमा प्राधिकरणले आफ्ना सहायक र सम्बद्ध कम्पनीहरूमा ५६ अर्ब ६८ करोड रुपैयाँभन्दा बढी लगानी गरेको समेत जानकारी दिए ।  

    images
    images

    उनले प्राधिकरणको आम्दानी १ खर्ब १६ अर्ब रुपैयाँबाट उकालो लागेको पनि जानकारी दिए ।  प्राधिकरणको कुल सम्पत्ति ८ वर्षअघि २ खर्व ११ अर्ब रुपैयाँ रहेकोमा हाल ६ खर्ब ३२ अर्ब रुपैयाँ पुगेको छ ।  

    प्राधिकरणले अन्तर्राष्ट्रिय परामर्शदातामार्फत आफ्नो सम्पत्तिको वास्तविक मुल्यांकन गरेको बताउँदै उनले जसबाट प्राधिकरणको सम्पत्तिमा अझ बढोत्तरी हुने देखिएको जानकारी दिए । 

    देशभरि रहेको जग्गाहरूको यकिन गरी प्राधिकरणको करिब ४० हजार २ सय रोपनी जग्गाको पहिचान भएको पनि घिसिङले जानकारी दिए ।  गत वर्ष मात्र काठमाडौँ उपत्यका भित्रको करिब ७२ रोपनी १२ आना जग्गाको पुर्जा प्राप्त भएको घिसिङले बताए । 

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार