Sep 19 2024 | २०८१, असोज ३ गते

विधेयकका त्रुटि सच्च्याउन निगरानी समितिको आग्रह

विधेयकका त्रुटि सच्च्याउन निगरानी समितिको आग्रह

एभरेष्ट हेडलाइन्स
शुक्रबार, साउन २५ २०८१
एभरेष्ट हेडलाइन्स
शुक्रबार, साउन २५ २०८१
  • विधेयकका त्रुटि सच्च्याउन निगरानी समितिको आग्रह

    काठमाडौँ । जवाफदेहिता निगरानी समितिले सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयकमा भएका त्रुटि सच्च्याएर पारित गर्न आग्रह गरेको छ ।

    images
    images

    समितिका संयोजक राजुप्रसाद चापागाईँले आज जारी गरेको प्रेस विज्ञप्तिमा सङ्क्रमणकालीन न्याय प्रक्रियालाई टुङ्गोमा पु-याउन तीन प्रमुख दल एक ठाउँमा उभिनु सकारात्मक भएपनि विधयकका केही त्रुटि सच्च्याउनुपर्नेमा जोड दिइएको 

    कानुन, न्याय तथा मानवअधिकार समितिले उल्लङ्घनको परिभाषा र वर्गीकरण तथा सजाय घटाई अभियोजनलगायत विषय संशोधन गर्नुपर्ने समितिको माग छ ।

    अपराधको गाम्भीर्य बढाउने र घटाउने अवस्थाको स्वतन्त्र न्यायिक मूल्याङ्कन गरी सजाय निर्धारण गर्न सक्ने अधिकार अदालतलाई दिने गरी विधेयकमा भएको व्यवस्थालाई समितिले तोडमोड गरेको समितिले जनाएको छ ।

    सङ्क्रमणकालीन न्याय प्रक्रियालाई सहज रुपमा टुङ्ग्याउन यसप्रति चासो राख्ने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समूहलाई सघाउन निगरानी समितिले आग्रह गरेको छ ।

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार