Sep 19 2024 | २०८१, असोज ३ गते

काठमाडौंका यी क्षेत्रमा आज पाँच घण्टा विद्युत अवरुद्ध 

काठमाडौंका यी क्षेत्रमा आज पाँच घण्टा विद्युत अवरुद्ध 

एभरेष्ट हेडलाइन्स
शनिबार, साउन २६ २०८१
एभरेष्ट हेडलाइन्स
शनिबार, साउन २६ २०८१
  • काठमाडौंका यी क्षेत्रमा आज पाँच घण्टा विद्युत अवरुद्ध 

    काठमाडौंको थानकोट क्षेत्रमा शनिबार पाँच घन्टा विद्युत् अवरुद्ध हुने भएको छ । नेपाल विद्युत् प्राधिकरणले एक सूचना जारी गर्दै बलम्बु सहायक वितरण केन्द्रको थानकोट फिडर अन्तर्गतका क्षेत्रमा बिहान ७ बजेदेखि मध्याह्न १२ बजेसम्म विद्युत सेवा अवरुद्ध हुने जानकारी दिएको हो । 

    images
    images

    प्राधिकरणले सतुंगलमा पोल तथा तार लत्रिएको तथा गुर्जुधारामा लगत खारेज भएको एचटी टिओडी मिटरको मिटरिङ युनिट निष्प्रभावी पार्ने कामका लागि फिडर सटडाउन गर्नुपर्ने भएकाले ती क्षेत्रमा बत्ती जाने जानकारी दिएको छ । 

    थानकोट फिडर अन्तर्गत बलम्बु विद्युत कार्यालय, गुर्जुधारा, दाउराडीपो, राधाकृष्ण टोल, हाइभिजन कोलोनी, सिर्जना चोक, खहरे बसपार्क, इन्द्रथान, श्रीकृष्ण स्कुल लगायतका क्षेत्रमा विद्युत् अवरुद्ध हुनेछ । 

    निर्धारित समय अगावै सम्पन्न भएमा सो समय भन्दा अगावै लाइन सुरु हुने प्राधिकरणले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार