Sep 19 2024 | २०८१, असोज ३ गते

देश गरिबीबाट मुक्त नभएसम्म समृद्धि हासिल हुँदैन : प्रधानमन्त्री

देश गरिबीबाट मुक्त नभएसम्म समृद्धि हासिल हुँदैन : प्रधानमन्त्री

एभरेष्ट हेडलाइन्स
शनिबार, साउन २६ २०८१
एभरेष्ट हेडलाइन्स
शनिबार, साउन २६ २०८१
  • देश गरिबीबाट मुक्त नभएसम्म समृद्धि हासिल हुँदैन : प्रधानमन्त्री

    काठमाडौँ ।  प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीलाई गरिबीबाट मुक्त नगरेसम्म ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा पूरा नहुने बताएका छन् ।

    images
    images

    ‘लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ के’ को जिल्ला पदस्थापना र प्रथम क्याबिनेटलाई आज सम्बोधन गर्दै प्रधानमन्त्रीले मुलुकलाई अल्पविकसित राष्ट्रको सूचीबाट स्तरोन्नति गर्न रोजगारी, उत्पादन र उद्यमशीलतामा विशेष जोड दिन आवश्यक भएको बताए । उनले त्यसतर्फ नै सरकारको ध्यान केन्द्रित रहेको बताए । 

    “ अझै पनि २० प्रतिशत नेपाली गरिबीको रेखामुनि छन् । भोका बालबालिकका र मानिसलाई खान लाउने वातावरण दिन सकिएन भने हामीले समृद्ध नेपालको परिकल्पना गर्नुको सार्थकता रहँदैन ।’’, प्रधानमन्त्री ओलीले भने, “हालै संयुक्त राष्ट्रसङ्घका प्रतिनिधिसिँगको भेटमा मैले यो कुरा गरेको थिएँ । मानव जगत्को सुरक्षा, शान्ति र समृद्धि हाम्रो साझा चासो हो । मानव जाति नै सुरक्षित हुन सकेन भने पृथ्वीको सुरक्षामा जोखिम पर्नसक्छ । अशान्तिहुनसक्छ । त्यसैले मानवको रक्षा पहिलो दायित्व हो भन्ने भावनाका साथ  सबैले काम गर्नुपर्छ ।’’

    आफूले सत्य र निष्ठाको राजनीति गर्दै आएकाले सत्यसँग नलड्ने र शक्तिसँग नझुुक्ने मान्यताका साथ काम गरिरहेको स्पष्ट गर्दै सत्य र मानवसेवामा लाग्ने लायन्सका साथमा वर्तमान सरकार रहने बताए । “म भ्रष्टाचार गर्दिनँ र गर्न दिन्नँ । म राष्ट्रको सम्पत्ति जालझेल गरेर आफ्नो नाममा कुनै पनि हालतमा ल्याउँदिनँ’’, प्रधानमन्त्री ओलीले निष्ठाका साथ राष्ट्रको विकासमा आफूलाई केन्द्रित गर्ने प्रतिबद्धता दोहो¥याउँदै भने ।  
     
    प्रधानमन्त्री ओलीले समाजलाई सुव्यवस्थित गर्ने काम राजनीति र राजनीतिक दलको भएको उल्लेख गर्दै आफूूलाई अग्लो देखाउन अरुलाई होचो भन्ने वा असत्य कुरालाई आधार मानेर गाली गलौज र बदनाम गर्नेको प्रवृत्ति सही नहुने बताए।

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार