Sep 19 2024 | २०८१, असोज ३ गते

संविधानबाट प्राप्त अधिकारको कार्यान्वयनमा जोड दिऔँः उपप्रधानमन्त्री सिंह

संविधानबाट प्राप्त अधिकारको कार्यान्वयनमा जोड दिऔँः उपप्रधानमन्त्री सिंह

एभरेष्ट हेडलाइन्स
आइतबार, साउन २७ २०८१
एभरेष्ट हेडलाइन्स
आइतबार, साउन २७ २०८१
  • संविधानबाट प्राप्त अधिकारको कार्यान्वयनमा जोड दिऔँः उपप्रधानमन्त्री सिंह

    काठमाडौँ । उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले संविधानबाट प्राप्त अधिकारको कार्यान्वयनमा जोड दिनुपर्ने बताएका छन् । 

    images
    images

    ललितपुरमा आइतबार राष्ट्रिय युवा परिषद्‍द्वारा आयोजित एक कार्यक्रममा उनले २०७२ को संघीय लोकतान्त्रिक गणतन्त्रात्मक र समावेशी संविधान जारी भइसकेपछि प्राप्त गरेका अधिकारहरूलाई सुरक्षित राख्दै र परिमार्जित गर्दै कार्यान्वयन पक्षमा जोड दिनुपर्ने बताए ।

    उनले अहिले भएका अधिकारहरू कसरी कार्यान्वयन गर्ने र बढी भन्दा बढी देशका लागि फाइदा कसरी गराउने भन्नेतिर लाग्नुपर्ने बताए । उनले प्राप्त अधिकारलाई उपयोग गर्नेतर्फ लाग्नुपर्नेमा जोड दिए । 

    उपप्रधानमन्त्री सिंहले देशमा बेरोजगारीको समस्या अहिले ठूलो रूपमा रहेको बताए । उनले ब्लेम गेम गरेर मात्रै समाज र देशको अवस्था नसुध्रिने बताए । अधिकारको कुरा मात्रै गर्ने तर जिम्मेवारी र दायित्व बिर्सिने कुरा राम्रो नभएको उनले बताए । 

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार