Sep 19 2024 | २०८१, असोज ३ गते

नेपाल भाषा परिषद्को नयाँ भवनको उद्घाटन

नेपाल भाषा परिषद्को नयाँ भवनको उद्घाटन

एभरेष्ट हेडलाइन्स
आइतबार, साउन २७ २०८१
एभरेष्ट हेडलाइन्स
आइतबार, साउन २७ २०८१
  • नेपाल भाषा परिषद्को नयाँ भवनको उद्घाटन

    काठमाडौँ । भारत सरकारको भूकम्पपछिको पुनर्निर्माण अनुदान सहयोगअन्तर्गत निर्माण गरिएको काठमाडौँस्थित नेपाल भाषा परिषद्को नयाँ भवनको उद्घाटन गरिएको छ ।

    images
    images

    नेपालको औपचारिक भ्रमणमा आज आउनुभएका भारतीय विदेश सचिव विक्रम मिस्री र सरकार सहरी विकास मन्त्रालयका सचिव मणिराम गेलालले आज सो भवनको संयुक्त रुपमा उद्घाटन गरेका हुन्।

    परराष्ट्र मन्त्रालयका सचिव सेवा लम्सालको मैत्रीपूर्ण निमन्त्रणामा भारतीय विदेश सचिव मिस्री नेपालको दुईदिने औपचारिक भ्रमणका लागि आज यहाँ आएका हुन्।

    नेपाल र भारतबीच सदियौँ पुरानो सभ्यतागत, सांस्कृतिक र जनता–जनताबीचको सम्बन्ध रहेको छ । भारत सरकारको सहयोगमा नेपालमा ठूला पूर्वाधार तथा कनेक्टिभिटी परियोजनाहरु सम्पन्न भई र नयाँ परियोजनाहरु अघि बढाई उच्चस्तरीय आदानप्रदानलाई गति दिँदै पछिल्लो वर्षहरुमा दुई देशबीचको द्विपक्षीय सहकार्य अझ मजबुत भएको छ । विदेश सचिव मिस्री सोमबार काठमाडौँबाट प्रस्थान गर्नेछन् ।

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार